गोरखापत्रकर्मी कुँवरलाई पितृशोक

काठमाडौँ, जेठ २७ गते । गोरखापत्र दैनिकका पत्रकार देवबहादुर कुँवरलाई पितृशोक परेको छ ।

उहाँका पिता जङ्गबहादुर कुँवरको ७७ वर्षको उमेरमा हृदयाघातका कारण गएराति निधन भएको हो । बेलुका सुतेको बेलामा उहाँको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि महाराजगन्जस्थित त्रि. वि. शिक्षण अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

वि.सं. २००३ अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. १३ मा जन्मिनुभएका कुँवर मुटुरोगको सामना गर्दै आउनु भएको थियो । वनजंगलको संरक्षणमा लाग्नुभएका कुँवर सबैको सेवामा लाग्ने परोपकारी हुनुहुन्थ्यो । स्वर्गीय कुँवरका दुई श्रीमती, एक छोरी र चार छोरा हुनुहुन्छ  । कुँवरको पार्थिव शरीरलाई आइतबार बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । गाेरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्