बाजुराका एक युवक भारतमा बेपत्ता

क्याप्सन ः भारतबाट घर फकिँदै गरेका बेलामा बेपत्ता भएका बूढीगङ्गा नगरपालिका –४ किरण रावत । तस्बिर ः मनिसा रावत ।


शेरबहादुर सार्की
बाजुरा , जेठ २७ गते । बाजुराका एक युवक भारतमा बेपत्ता भएका छन् ।

बाजुराको बुढीगङ्गा नगरपालिका वडा नं –४ खोलालवाडा ३४ वर्षीया किरन रावत भारतको केदार नाथ देखि बर्दीनाथ बीचको बाटोमा बेपत्ता भएका हुन् ।

बालबालिका पालन पोषणका लागि घन कमाउन भारत गएका आफ्नो श्रीमान घर आउँने बेलामा बेपत्ता भएको उहाँकी श्रीमति माया रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०८१ जेठ २३ गते भारतको केदार नाथ देखि बर्दिनाथको बीच बाटोमा श्रीमान बेपत्ता भएका हुन् ।

मैले दुइ लाख दश हजार भारु कमाइ गरेको छु । त्यो पैसा ल्याएर असार खेती लगाउँन म घरमा आउँदै छु भनेको केही समयपछि सम्पर्क बिहिन भएको रावतले बताउनुभयो ।

केदाननाथ देखि नेपालमा आउँन झण्डै तीन दिन लाग्छ । तर रावत भने पाँच दिन हुँदा सम्म पनि सम्पर्क बिहिन भएका छन् ।

बेपत्ता भएका रावतका दुइ छोरा र श्रीमति रहेका छन् । बेपत्ता भएका रावत पाँच दिन सम्म पनि घर नफर्किएपछि उहाँका छोरा छोरी र श्रीमति निकै तनावमा छन् ।

भारतको केदारनाथ देखि वर्दिनाथ सम्मको बीचबाटो मा मेरो श्रीमान हराएकोले यसको खोजी कार्यमा सहयोग गरिदिन हुन उहाँको श्रीमति माया रावतले सबैमा आग्रह गर्नु भएको छ ।

गत २०८० जेठ ४ गते बाजुराको खप्तड छेडेदह गाउँपालिका –५ डोगडीका एकै घरका दुइ दाजु भाइ पनि भारतको पौडी जिल्लाको पावौबाट घर फर्किने बेलामा रिसिकेशमा बेपत्ता भएका थिए ।

बेपत्ता भएका भाइ टेकबहादुर रावत दुइ महिनापछि सम्पर्कमा आएपनि उनका दाइ अर्जुन भने बेपत्ता रहेका छन् ।

भारतबाट पैसा कमाएर यसरी गाउँ आउने समयमा प्रत्येक वर्षमा नेपाली लुटिदै गरेपनि अहिले सम्म सम्बन्धित निकायको ध्यान कतै नगएको पीडितको गुनासो छ ।

बाजुराको हिमाली स्वामिकार्ति, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल,बुढीगङ्गा त्रिवेणी र खप्तडछेडेदह लगायतका अधिकाशं स्थानीय घरपरिवार पालनपोषण गर्नका लागि कामको सिलसिलामा भारतमा रोजगारी गर्न जाने गर्दछन् ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्