कार्मलले मनायो रोपाइँ दिवस

कैलालीको धनगढी उपमहानगरपालिका –२ मा रहेका कार्मल स्कुलका शिक्षिका सँगै बालबालिका धान राेप्दै । तस्बिर : तेजबहादुर सार्की / कैलाली

तेजबहादुर सार्की
कैलाली , असार १४ गते । कैलालीको धनगढी उपमहानगरपालिका –२ मा रहेका कार्मल स्कुल धनगढीले रोपाइँ दिवस मनाएको छ ।

२०८१ असार १५ गते रोपाइ दिवस भएपनि त्यो दिन शनिबार परेकोले सो स्कुलले आज नै रोपाइँ दिवस मनाइएको हो ।

शरिबारको दिनमा विदा भएकोले बालबालिकाहरु विद्यालयमा नआउने भएपछि हामीले आज नै रोपाइँ दिवस मनाएको कार्मल स्कुल धनगढीका शिक्षिका बिन्दु विसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “देश भर भोली अर्थात असार १५ गतेका दिनमा मात्र रोपाइँ दिवस मनाउने भएपनि त्यो दिनमा शनिवार भएकोले हामीले आज १४ गतेका दिनमा नै रोपाइँ दिवस मनाएका हौ ।”
स–साना बालकालिकाहरुलाई रोपाइँ के हो र नेपालमा किन रोपाइँ गरिन्छ । यसबाट हामी के पाउँछौ एक दाना धानबाट कती दाना धान उत्पादन हुन्छ भन्ने कुराको बारेमा जानकारी गर्ने गरी आज रोपाइँ दिवस मनाएको कार्मल स्कुलका शिक्षिका विसीले बताउनुभयो ।

कार्मल स्कुलले आफ्नै विद्यालयको प्राङ्गणमा एउटा क्यारी बनाएर बालबालिकाहरुलाई धान रोपाइँ बारेमा जानकारी दिएको छ ।

सुदूरपश्चिमका नौ वटै जिल्लामा यो असार महिनालाई निकै महत्वको महिनाको रुपमा लिने गरिन्छ । मानो खाइ मुरी उब्जाउने भएकोले यो असारमा यहाँका सबै स्थानीय धान रोपाइँमा व्यस्त हुन्छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्