पुर्वाधार विकासको काम नहुँदा सम्म अन्य केही काम नहुने भएकोले सबै भन्दा पहिला पुर्वाधार विकासको काम गर्नु पर्ने :मन्त्री बस्नेत

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड बर्दगोरिया ४ नौनिया मुडा कैलालीले आयोजना गरेको “ कर्णाली कोरिडोर ४०० केभि प्रसारण लाईन आयोजना शिलान्यास कार्यक्रम ।तस्बिर : सुरेश भुल/ कैलाली


सुरेश भुल
कैलाली, असार १३ गते । नेपाल सरकार उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयका माननीय उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले पुर्वाधार विकासको काम नहुँदा सम्म अन्य केही काम नहुने भएकोले सबै भन्दा पहिला पुर्वाधार विकासको काम गर्नु पर्ने बताउनुभयो ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड बर्दगोरिया ४ नौनिया मुडा कैलालीले आयोजना गरेको “ कर्णाली कोरिडोर ४०० केभि प्रसारण लाईन आयोजना शिलान्यास कार्यक्रममा” मन्त्री शक्ति बहादुर बस्नेतले उक्त कुरा बताउनुभएको हो ।

तयारीमा रहेका आयोजना र निर्माणाधिन आयोजना धेरै छन् । ती विकास निर्माणका कामलाई पुरा गर्ने प्रयास गरिरहेको उहाँले भन्नुभयो, विजुली उत्पादन गरेर लगानी गर्ने ठाउँ छैन् भने त्यसको केही मुल्य हुँदैन त्यसैले उत्पादन सँगै लगानी गर्ने वातारण मिलाउनु पर्छ ।,,

उहाँले, यहाँ सञ्चलनमा आएका वा सञ्चालनको प्रक्रियामा रहेका सेती कर्णाली करिडोर लगायतका सबै आयोजनालाई एकै ठाउँमा ल्याउने र यहाँ उत्पादन गरेको विद्युतलाई चाहिने जती देशमा खपत गर्ने र त्यो भन्दाबढीको विद्युतलाई देश बाहिर समेत वितरण गर्ने बताउनुभयो ।

करिब ३ अर्बकाे लागतमा निर्माण हुने कर्णाली कोरिडोर ४०० केभि प्रसारण लाईन तीन वर्षमा सम्पन्न हुने राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले बताउनुभयाे ।

शिलान्यास कार्यक्रममा बर्दगोरिया वडा नं ४ का वडा अध्यक्ष जगत बहादुर शाही , प्रमुख अतिथि माननीय उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत पुर्व मन्त्री माननीय सत्या पहाडीको प्रदेश सभा सदस्य माननीय रामेश्वर चौधरी प्रदेश नीति तथा योजना आयोगका सदस्य माननीय प्रा.डा. जगतबहादुर सिह प्रदेश नीति तथा योजना आयोगका सदस्य माननीय दिपिका भट्ट नेपाल सरकारका पुर्व सचिव तथा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड का पुर्व अध्यक्ष अनुप कुमार उपाध्याय राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली बर्दगोरीया गाउपालिका अध्यक्ष कर्णबहादुर कुँवर, मोहन्याल गाउँपालिका अध्यक्ष देवदत्त उपाध्याय प्रमुख जिल्ला अधिकारी किरण जोशी प्रदेश प्रहरी कार्यालय बरिस्ठ उपरीक्षक सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलाली बरिस्ठ उपरीक्षक लगायत नेता कार्यकर्ताहरू को उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्