प्रदेश सभाका लागि नेकपा एमालेबाट उम्मेदवारको नाम सिफारिस

अछाम, भदौ १८ गते । नेकपा एमाले अछामले आगामी मङ्सिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।प्रदेश सभाका लागि अछामका चार वटा क्षेत्रबाट १९ जनाको नाम सिफारिस गरिएको हो ।

नेकपा एमाले जिल्ला कमिटी सचिव भिमबहादुर रावलले,नेपाल कम्यूनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले उम्मेदवारको नाम सिफारिस गरी पठाएको बताउनुभयो ।
उहाँले भन्नुभयो,प्रदेश सभाका लागि अछामको निर्वाचन क्षेत्र नम्बर १ को क र ख बाट ४÷४ गरी आठ जनाको म सङ्कलन गरिएको हो ।

निर्वाचन क्षेत्र नम्बर १ को क बाट प्रकाश शाह, देवबहादुर कँुवर, देवबहादुर साउँद र सीता कुँवरको नाम सिफारिस गरीएको छ, भने त्यसै गरी अछाम निर्वाचन क्षेत्र नम्बर १ को ख बाट कृष्ण प्रसाद जैशी, केशरबहादुर साउँद, डिबि साउँद र पदमा तिमिल्सिना(न्यौपाने)को नाम सिफारिस गरिएको सचिव रावलले बताउनुभयो ।रावलको अुनसार ,निर्वाचन क्षेत्र नम्बर २ को क बाट ७ जना र ख बाट ८ जना गरी १५ जनाको नाम सिफारिस गरीएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ को क बाट प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ बमबहादुर बिसी, भिम बहादुर बिष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम सिफारिस गरिएको छ ।यस्तै निर्वाचन क्षेत्र नम्बर २ को ख बाट शिव प्रसाद उपाध्याय, चन्द्र बोहरा, भिम रावल कालोटोपी, दिपक अधिकारी, भिम जनला, कृष्ण साउँद, लिलाराज केसी र टोपबहादुर शाहीको नाम सिफारिस गरीएको नेकपा एमाले जिल्ला कमिटी सचिव भिम बहादुर रावलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?