उपसभापति पदमा ताम्राकार चयन

नेपाली काङ्ग्रेस अछामको उपसभापति पदमा चयन हुनु भएकाे युवा नेता अर्जुन ताम्राकार । तस्बिर: सुदूरपाटी

शेरबहादुर सार्की 

अछाम, मङ्सिर ८ गते । नेपाली काङ्ग्रेस अछामको उपसभापति पदमा अर्जुन ताम्राकार चयन हुनु भएकाे छ। यस अघि पार्टी उपसभापतिमा निर्वाचित भएका चन्द्रप्रसाद ढुङ्गानाले पदबाट राजीनामा दिएपछि साे पद रिक्त भएको थियो । 

नेपाली काङ्ग्रेस अछामको पार्टी सभापति पुष्पबहादुर शाहको अध्यक्षतामा  गत मङ्गलबार मङ्गलसेनमा बसेको १६ औं कार्यसमिति बैठकले नेपाली काँग्रेसका युवा नेता अर्जुन ताम्राकारलाई उपसभापतिमा पदमा चयन गरिएको हो ।

पार्टी उपसभापति ताम्राकारले २०४६ को जनआन्दोलन देखि निरन्तर नेपाली काँग्रेस पार्टीमा इमान्दारी पुर्वक काम गर्दै अाएकाे भन्दै पार्टीले उहाँलाई नेपाली काँग्रेसअछामकाे रिक्त रहेकाे उपसभापति पदमा चयन गरेकाे नेपाली काँग्रेस अछामले जनाएकाे छ ।

गत मङ्गलबार मङ्गलसेनमा बसेको १६ औं कार्यसमिति बैठकले सभापतिमा पदका लागि उपयुक्त देखिएकाेले ताम्राकारलाई सबैकाे  सहमतिमा नै सभापति पदमा चयन गरिएकाे  नेपाली काङ्ग्रेस अछामको पार्टी सभापति पुष्पबहादुर शाहले बताउनुभयाे ।

ताम्राकार ३५ वर्षअघि नेविस‌ङ्घ इकाई सभापति र  २०५३ सालमा किसान सङ्घको सचिव समेत हुनु भएकाे थियाे । समाजको हक हितका लागि आफ्नो जिवन समर्पण गर्दै आउनु भएका ताम्राकार २०५६ सालमा नेपाल दलित सङ्घ अछामको अध्यक्ष हुनु भएकाे थियाे ।

त्यसै गरी अछामी जनताकाे हक हितका लागि २०६२/०६३ सालमा भएको १९ दिने जनआन्दोलनमा ताम्राकार जेलमा पर्दा उहाँले ठुलाे यातना समेत भाेग्नु भएकाे थियाे ।

तँइले किन राजाकाे बारेमा नाराबाजी गरेकाे त राजाबादी हुनुपर्छ तँलाइ छाेडिदिन्छु भन्दा पनि उहाँले बरु म जेलमा मर्न तयार छु । राजाबादी हुँदैन भनेर उल्टै त्यति बेलाकाे साही सेनालाई जवाफ दिनु भएकाे थियाे ।

२०६९ सालको नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि र २०७३ सालमा नेपाल दलित सङ्घको केन्द्रीय सदस्य रहेका ताम्राकार २ वर्षअघि सम्पन्न भएको नेपाली काँङ्ग्रेसको अधिवेशनबाट महाँसमिति सदस्यमा निर्वाचित हुनु भएकाे हाे ।

एक कुशल इमान्दारी असल युवा नेताकाे रुपमा रहेका ताम्राकार पछिल्लाे समयम अछामी जनताकाे एक अाशाकाे  केन्द्र  बिन्दु समेत बन्नु भएकाे छ । सुदृढ समाज निर्माणका लागि ताम्राकार पहिले देखि कुरिति विसङ्गती जाीतिय विभेद तथा छुवाछुत जस्ता पर्थाकाे अन्त्य गर्न लागि रहनु भएकाे छ ।

सबैकाे मनमा चिनि झै घुल्न सक्ने एक घुलित व्यक्तीकाे रुपमा कहलाउँदै अाएका ताम्राकार पहिले देखि अहिले सम्म सबै सँग उत्तिकै राम्राे व्यवहार गर्दै अाउनु भएकाे छ । उहाँकाे यही इमान्दारीता देखेर नेपाली काँग्रेस अछामले उहाँलाई पार्टी उपसभापतिमा पदकाे जिम्मेवारी दिएकाे जनाएकाे छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?