सडक पुगेसँगै फेरिँदै स्थानीयको जीवनशैली

क्यापसन ः हिमाली गाउँपालिकाकाे दुर्गम बस्तीबाट नै सुचारु भएकाे एम्बुलेन्स सेवा । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहाुदर सार्की
बाजुरा चैत , १८ गते । जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका दुर्गम बस्तीमा केही वर्ष यता सडक पुगेसँगै यहाँका स्थानीयको जीवनशैलीमा परिवर्तन हुँदै आएको छ ।दैनिक उपभोग्यका सामाग्री ल्याउँन एक हप्ता हिँडेर सदरमुकाम मार्तडी बजार सम्म आउँदै गरेका यहाँका स्थानीयको गाउँमा पुगेको सडकले जीवनशैलीमा परिवर्तन ल्याएको हो ।

लामो समय देखि पीठ्यूमा भारी बोकेर जीवन गुजारा गर्दै आएका यहाँका स्थानीयको पछिल्लो समयमा गाउँपालिकाले सडकलाई प्राथमिकता दिदै बस्ती बस्तीमा सडक पुगेपछि अहिले यहाँका स्थानीयले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न पाउँदा हाम्रो जीवन शैली परिवर्तन भएको हिमाली गाउँपालिका स्थानीयबासी बताउँछन् ।

हिमाली गाउँपालिकाका –४ का स्थानीय नवराज भण्डारीले, गाउँपालिकाले अधिकांश बस्तीमा सडक पहुँच गर्दै आएपछि सदरमुकाम मार्तडीबाट एक हप्ता लागेर दैनिक उपभोग्य सामाग्री बोक्नु पर्ने समस्याको अन्त्य भएको बताउनुभयो । उहाँले, विगतका केही वर्ष देखि हिमाली गाउँपालिकाले प्रत्येक बस्ती बस्तीमा सडक पहुँच गरेपछि यहाँका अधिकाशं स्थानीको जीवनशैली समेत बदलिएको बताउनुभयो ।

बजारभन्दा गाउँ निकै टाढा हुँदा यहाँका नागरिकले हप्तौ लगाएर नुन, तेल, ल्याउनु पर्दथ्र्यो । अहिले त्यो सामान घरमै पुग्छ, । अहिले यहाँका स्थानीयको पहिला महिनौँका लागि सामान बजार गएको बेला एकै पटक ल्याउनुपर्ने समस्याको समेत अन्त्य भएको भण्डारीले बताउनुभयो ।

अहिले गाउँपालिकाले पाँच वडाका बस्तीमा सडक पुया¥एको छ । गाउँपालिका अधकाशं ठाउँ आलु र स्याउँ उत्पादनमा उर्वर मानिन्छ । सडकले यहाँका कृषिउपज वस्तु बजारीकरणमा सहज भएको छ ।

विगतमा कृषकले उत्पादन गरेका आलु, सिमी र स्याँउ खेर जाने गरेका थिए । अहिले स्थानीय सरकारले गाउँमै सडकको पहुँच गरिदिएसँगै यहाँका कृषकलाई कृषिउपज बस्तु बजार सम्म पु¥याउँन निकै सहज भएको छ ।

मुगुको जिल्लासँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले पनि त्यतिकै महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व यो गाउँपालिकामा सडक सञ्जालले कतै जोडिएको थिएन ।
स्थानीय सरकार गठन भएपश्चात् अहिले बाजुराकै दुर्गम भनेर चिनिँदै आएको हिमाली गाउँपालिकाको गाउँ बस्तीमा सडक सञ्जालको पहुँच भएपछि यहाँका स्थानीयको जीवनशैलीमा परिर्वतन आएको भण्डारीले बताउनभुयो ।

हिमाली गाउँपालिका प्रमखु प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले, अहिले सडकले गाउँ र गाउँलेलाई आम्दानीसँग जोडेको छ, गाडी आएर कृषकले बेच्न चाहेका सामान सबै घरबाट नै लिएर जानेगरेपछि अहिले धेरैको जीवनस्तर उकासिने क्रम बढ्दै गएको बताउँनुभयो । उहाँले, पछिल्लो एक दशक यता धुलाचौर धिम बोर्ता लगायतका बस्तीमा ठूलो परिवर्तन आएको छ । पहिला यहाँ गाउँमा कोही सामान्य बिरामी परे स्टे«क्चरमा बोकेर अस्पताल पु¥याउनु पर्दथ्र्यो । अहिले जहाँ भने त्यहाँ गाडी पुग्ने हुँदा उपचार समयमै गराउन सहज भएको बताउँनुभयो ।


विकास भनेको नै यही हो, पहिला अहिलेको जस्तो मोटर गाडी हिँड्ने सडक नहुँदा आउजाउँमा निकै सास्ती खेप्दै आउँनु परेको थियो । कर्णाली नदिको छेउँमै साँघुरो तथा गोरेटोमा हिँड्नु पर्ने हुन्थ्यो । यसरी जोखिममा मोलेर त्यो बाटोमा हिउँदा कैयौको ज्यान समेत जाने गरेको थियो । गाउँमा पुगेका सडकले अहिले ती समस्या टरेको छ ।

गाउँमा बिजुली थिएन, टुकीको भरमा रात काट्नु पर्ने र पढ्ने लेख्ने बेलामा पनि त्यसैको सहारा लिनु पर्दथ्यो । नुन तेल ल्याउन हप्तौ लगाएर मार्तडी बजारमा जानु पर्दथ्र्यो । अहिले गाउँपालिकाले सडक र विजुलीलाई पहिलो प्राथमिकता राखेपछि त्यो सबै समस्या टरेको प्रमुख प्रशासकीय अधिकृतभण्डारीले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले, गाउँ बस्ती छरिएकाले एकै पटक विकास हुन नसकेपनि विस्तारै गाउँको मुहार फेरिन थालेको बताउनुभयो ।उहाँले, भौगोलिक कठिनाइका बाबजुद पनि विकट गाउँ बस्तीमा विकासका ढोका खोल्दै गएपछि यहाँका स्थानीयको जीवनशैली बदलिँदैे बताउँनुभयो ।

सुरुका केही वर्षहरुमा सडक निर्माणमा मात्र जोड दिदै आएका थियौ । अहिले ती सडकलाई फराकिलो र बाह्रै महिना यातायात सञ्चालन हुने गरी काम गर्ने योजना छ ।एक गाउँदेखि अर्को गाउँ जोड्न धेरै बजेट लाग्छ, अहिले पालिकाका अधिकांश गाउँमा कच्ची सडक पुगेकाले नागरिकको दैनिकीमा पनि निकै सहज भएको छ ।ती कच्ची सडकलाई कालोपत्रे गर्नका लागि गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारसँग पहल कदमी गर्दै आएको अध्यक्ष मल्ले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?