सचिव पदमा बिककाे उमेदवारी

क्याप्सनःअत्तरिया उद्योग वाणिज्य सड्घको सचिव पदका उमेदवार हर्कबहादुर बिक । तस्बिर ः सुदूरपार्टी

अशाेक सार्की सुन्याल
कैलाली, असार १९ गते । अत्तरिया उद्योग वाणिज्य सड्घको सचीव पदमा समाजसेवी तथा व्यापारी हर्कबहादुर बिकले उमेदवारी दिनु भएको छ ।नयाँ कार्य समिति चयनका लागि कैलालीको अत्तरियामा शुरु भएको उद्योग वाणिज्य सड्घको अधिवेशनमा बिकले सचिव पदका लागि उम्मेदवारी दिनुभएको हो ।

उम्मेदवारी दिनु भएका बिकले सचिव पदमा मनोनयन दर्ता गरेर समग्रको आर्थिक समृद्धि सगै व्यवसायिक एजेन्डा स्थापित गर्न मेरो उम्मेदवारी रहेको बताउनु भएको छ । लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका बिकले अत्तरियामा रहेका सबै व्यापार व्यवसायीहरुमा मतको अपेक्षा गर्दै आउनु भएको छ ।

सड्घको सचिव पदका लागि उम्मेदवारी दिनु भएका उम्मेदवार हर्कबहादुर बिकले उद्योगी व्यावसायीको हकहित तथा प्रर्बद्धनका लागि समितिमा बस्न चाहेको बताउनुभयो ।उहाँले ,व्यपार व्यवसायमा पर्ने बाधा अट्चनलाई आफुले त्यसको समाधानका लागि सम्बन्धीत निकाय सँग सधै सहकार्य गरी व्यापार व्यवसयालाई एक स्तरसम्म पुया¥उन लागि आफुले सचिव पदमा उमेदावरी दिएकोले अत्तरियामा रहेका सबै व्यापार व्यवसायी सँग मतको अपेक्षा गरेको बताउनुभयो ।

यो भन्दा पहिला विभिन्न सड्घ संगठनको नेतृत्व लिएर कार्यकाल सफल गर्दै आएकाेले याे पटक अाफुले युवा व्यवसायीको प्रतिनिधित्व गर्ने गरी उम्मेदवार सचिव पदमा उमेदवारी दिएकाे  बताउनुभयो ।

अत्तरीयाका सबै व्यापार व्यवसायीहरुको हक हितका लागि आफु जुनसुकै बेलामा पनि तल्लिन भएर काम गर्ने अठोक राखेकोले समस्त मतदाताले म लगायत सम्पुर्ण प्यानललाई विजयी गराई दिनु हुन हार्दिक अपिल गर्दै आउनु भएको छ ।अत्तरियाका सम्पुर्ण उद्यमी व्यवसायीको हकहितका सम्बन्धमा सचिव पदमा जिम्मेबारी पाएपछि थप उर्जाका साथ केही गरेर देखाउने प्रतिबद्धता रहेको बिकले बताउनुभयो ।

२०८० असार २३ गते हुन गईरहेको अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा मीना देवी देउवा , वरिष्ठ उपाध्यक्षमा दल बहादुर खड्का , वाणिज्य उपाध्यक्ष फागुराम चौधरी , बस्तुगत उपाध्यक्ष लक्ष्मण बहादुर धामी र महासचिव अर्जुन सिंह खड्का , सचिव हर्कबहादुर बिक तथा कोषाध्यक्ष दिपक राज भट्ट एवम् सदस्यहरुमा दिल बहादुर शाहु ,नवराज तेलि( नवीन साउद ) बाल कृष्ण ओझा, भरत बहादुर कोली सहितको प्यानल रहेको चुनावी मैदानमा छ ।

अत्तरियाका सबै व्यापार  वयावसायीहरुकाे हक हितका लाति यो प्यानलमा उठेका सबै उमेदार सक्षम तथा सबल भएकाेले  सबै मतदाताहरुले मतदान गरेर सहजरुपमा विजयी गराइ दिनु बिकले अपील गर्नु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?