सुनसान बन्दै मार्तडी बजार

क्याप्सन ः दशैको बेला सुनसान बन्दै गएको बाजुराको मार्तडी सहर । तस्बिरः शेरबहादुर सार्की÷बाजुरा


शेरबहादुर सार्की
बाजुरा , कात्तिक ७ गते । बाजुरामा दशै लागेसँगै जिल्लाको मार्तडी बजार सुनसान बन्दै गएको छ ।

मार्तडी बस्दै आएका अधिकाशं स्थानीय दशै मनाउँन धमाधम गाउँसँगै मार्तडी बजार सुनसान बन्दै गएको हो ।

यहाँ बसेकाहरु दशै लागेसँगै दशै मनाउँन धमाधम घर गएपछि मार्तडी बजार सुनसान बन्दै गएको गैरी बजार स्थित होटेल व्यवसायी प्रेमबहादुर बुढाले बताउनुभयो ।

उहाँले , “दशैको बेला सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी विद्यार्थी र व्यापार व्यवासायी समेत गाउँ फर्किएपछि मार्तडी बजार सुनसान बन्दै गएको बताउनुभयो ।”

बाजुरामा प्राय अष्टमी नवमी दमशी र पुर्णीमा सम्म दशै मनाउँने गर्दछन् । बाहिर गएकाहरु त्यसपछि मात्र मार्तडी आउने गर्दछन् बुढाले भन्नुभयो,“बाहिर गएकाहरु यहाँ नआउँदा सम्म भने मार्तडी बजार सुनसान हुन्छ ।”

जिल्लामा हुने विभिन्न सेवा सुविधा लिन सहज हुने भएकोले बाहिरका स्थानीय मार्तडी बसोबास गर्ने गरेको बडिमालिका नगरपालिका –८ अस्थायीरुपमा बसोबास गर्दै आएका स्थानीय प्रकाश दानीले बताउनुभयो ।

उहाँले भन्नुभयो , “ सरकारी कामकाज शिक्षा स्वास्थ्य लगायतका विभिन्न सेवा सुविधा लिन सहजका लागि म जस्तै बाहिरबाट आएर धेरै स्थानीय यहाँ बस्ने गरेका छन् । अहिले उनीहरु पनि घर गएपछि मार्तडी बाजर सुनसान बन्दै गएको हो । ”

अस्थायीरुपमा यहाँका बसोबास गर्दै आएकाहरु यसरी प्रत्येक वर्षमा दशैको समय दशै तिहार मनाउँन गाउँ जाने गर्दछन् । दशै मनाएर मात्र फेरि मार्तडी बजारमा आउने गरेको दानीले बताउनुभयो ।

जिल्लाको हिमाली , जगानाथ , स्वामिकार्ति , बुढीनन्दा , बडीमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका लगायतका हजारौ भन्दाबढी स्थानीय विभिन्न सेवा सुविधाका लागि अस्थायीरुपमा मार्तडी बसोवास गर्दै आएको दानीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?