हराउँदै सहकारी बचत खोज्दै सदस्य

क्पाप्सन ः जीर्ण बन्दै गएको जगनाथ गाउँपालिकाको जनज्वोती महिला सहकारी संस्थाको भवन । तस्बिर ः केपी सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, चैत २० गते । बाजुराका स्थानीयको आर्थिक अवस्थालाई मजबुद बनाउँने उद्देश्यले केही समय पहिला सञ्चालन गरेका जिल्लाका अधिकाशं सहकारी संस्था पछिल्लो समय भने विस्तारै हराउँन थालेका छन् ।

सहकारी संस्थाको उद्देश्य अनुसार काम गरेर आर्थिक कारोबार चुस्त दुष्ट राख्दै आएका केही संस्थाले आफ्नो आर्थिक कारोबार राम्रो सँग चल्दै आएपनि अधिकाशं संस्था भने पछिल्लो समय हराउँदै गएका छन् ।

जिल्लाको पुर्वि उत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिकामा केही समय अघि निकै चर्चामा आएको जनज्योति महिला सहरकारी संस्था पछिल्लो समय गुमनाम अवस्थामा रहेको छ ।

सो संस्थाले स्थानीयहरुको आयआर्जनमा थप टेवा पु¥याउने लक्ष्यका साथ यहाँका सयौ महिला सदस्यहरुबाट थुप्रै पैँसा उठाउँने गरेको थियो ।

पछिल्लो समय यो सहकारी संस्था टाँट पल्टिएपछि अहिले यहाँका महिलाहरुलाई आफुले जम्मा गरेको बचत समेत हात पार्न निकै सकस भएको छ ।

यो संस्थाका सदस्य प्राय सबै महिला छन् । पछिल्लो सयम कारोवार सँगै सहकारीको भवन समेत जीर्ण बन्दै गएपछि अहिले यहाँका महिलाहरुले आफ्नो बचत समेत हात पार्न सकस भएको हो ।

२०६८ साल कात्तिक २८ गते सुरु गरेको सो महिला सहकारी संस्थाको कारोबार २०७८ साउँन ८ गतेबाट रोकिएसँगै पछिल्लो समय यहाँका महिलाहरुले सहकारीलाई हिसाब माग्न सुरु गरेका हुन् ।

सहकारीको कारोबार नहुँदा अहिले यो सहकारीको भवन समेत निकै जीर्ण बन्दै गएको छ । यहाँ भित्र रहेको संस्थाका कागजात समेत हराउँदै गएका छन् ।

पहिला संस्थाले राम्रो सँग लगानी गर्दै आएको रकम पछिल्लो समय असुली नभएपछि जनज्योती महिला सहकारी संस्था अहिले बन्द हुन पुगेको जगनाथ गाउँपालिका –१ लुमामा केपी सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उता सहकारी संस्था सञ्चालन नहुँदा अहिले यसको भवन समेत निकै जीर्ण बन्दै गएको छ । महिलाहरुले जम्मा गरेको आफ्नो पैसा पाएका छैन् । संस्थाको भवन भत्किँर यसमा गरेका कागजात समेत हराउँदै गएका छन् । ,,

मेरो आमा र श्रीमतिले साँगको मुठा बेचेर पनि सहकारी संस्थामा पैसा जम्मा गर्नु भयो । अहिले त्यो पैसाको फाइदा पाउँनुको उल्टै बचत मात्र माग्न जाँदा सहकारीका अगुवाहरुले उल्टै झपारेर फर्काउने गरेको सार्कीले बताउनुभयो ।

यो जनज्वोती महिला सहकारीमा संस्थामा साविकको जगनाथ गाविसका १ देखि ९ सम्मका ३३२ महिलाहरुले झण्डै १२ लाख भन्दाबढी रकम जम्मा रहेका थिए । त्यो रकम १५० जनाले लिएको र अन्यले भने आफ्नो बचत समेत नपाएको संस्थाका अन्य महिला सदस्य बताउँछन् ।

दुइ सय बत्तीस जना सदस्य रहेको यो सहकारी संस्थामा एघार जनाको कार्यसमिति छ । यो समितिले पटक पटक बैठक बसाल्न खोज्दा पनि कोही नआउने भएपछि संस्था बन्द हुन पुगेको जनज्योती सहकारी संस्थाका अध्यक्ष मायादेखि बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ बचत गरेको रकमलाई सदस्यहरुमा नै लगाउनी गरेका हौ । अहिले उनीहरुले नै लामो समय सम्म त्यो रकम रोकिदिएपछि संस्थाका अन्य सदस्यको बचत फिर्ता गर्न समस्या भएको हो ।”

साविकको जगनाथ गाउँपालिका १ देखि ९ सम्मका महिलाहरुले जम्मा गरेको रकमलाई क्रण लगानी गरेको र अहिले त्यो रकम कसैबाट पनि सङ्कलन नभएपछि संस्था बन्द भएको अध्यक्ष बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बीस रुपिँया बचत गर्ने सदस्यको १६ देखि १८ हजार र एक सय रुपिँया जम्मा गर्ने सदस्यहरुको पैँतीस हजार , एक हजार जम्मा गर्ने सदस्यको तीस हजार रुपिँया सम्म रकम पुगेको छ ।”

यो रकम सबै लगानी लगाएको छौ । सो लगानी गरेको रकम अहिले सम्म असुली नभएकोले बचत फिर्ता गर्न समस्या भएको जनज्योती महिला सहकारी संस्थाकी अध्यक्ष बोगटीले बताउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?