स्थानीय तह कार्य सम्पादनमा त्रिवेणी पहिलाे

क्पाप्सन ः त्रिवेणी नगरपालिका पीपलसैन तोली बाजुरा ।

शेरबहादुर सार्की
बाजुरा , फागुन ११ गते । स्थानीय तह कार्य सम्पादनमा बाजुराका ९ वटा पालिका मध्ये त्रिवेणी नगरपालिका पहिलो भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्नको नतिजा अनुसार त्रिवेणी नगरपालिका ३९ दशमलव ९७ अङ्सहित जिल्लाको पहिलो भएको हो ।

त्यसै गरी बुढीनन्दा नगरपालिकाले ३४ दशमलब ७१ अङ्सहित प्राप्त गरेर जिल्लामा दोस्रो भएको छ । त्यसै गरी हिमाली गाउँपालिकाले ३१ दशमलब ९६ अङ्क प्राप्त गरेर जिल्लाको तेस्रो स्थानमा रहेको छ ।

त्यसै गरी स्वामिकार्तिक गाउँपालिका ३१ दशमलब ८८ खप्तड छेडेदह गाउँपालिका ३१ दशमलव ७५ बडिमालिका नगरपालिका २९ दशमलब ९० जगन्नाथ गाउँपालिका २६ दशमलब ७९ गौमुल गाउँपालिका २३ दशमलब ४२ अङ्सहित ल्याएका छन् ।

जिल्लाको बुढीगङ्गा नगरपालिकाले अन्य पालिका भन्दा कम अङ्क प्राप्त गरेको छ । बुढीगङ्गा नगरपालिकाले १८ दशमलब २७ अङ्क प्राप्त गरेर जिल्लाको सबै भन्दा कम अङक् ल्याउनेमा परेको छ ।

आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्याङ्कनमा त्रिवेणी नगरपालिका बाजुराको पहिलो भएको छ । भने जिल्लामा सबै भन्दा कम अङ्क बुढीगङ्गा नगरपालिकाले प्राप्त गरेको छ ।

आयोगको सुचना अनुसार प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि ,२०७८को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सुचनाको मुल्याङ्कन अनुसार अङ्क प्रदान गरेका हुन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?