सुकुम्बासी तथा भुमिहिन परिवारलाई अस्थायी लालपुर्जा वितरण

क्याप्सन ः राष्ट्रिय भुमि आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनक रोकाया सुकुम्बासी तथा भुमिहिन परिवारलाई अस्थायी लालपुर्जा निस्सा दिदै । तस्बिर ः सौजन्य ।

शेरबहादर सार्की
बाजुरा, कात्तिक २१ गते । बाजुराका सुकुम्बासी तथा भुमिहिन परिवारलाई (अस्थायी लालपुर्जा) निस्सा वितरण सुरु गरेको छ ।

राष्ट्रिय भुमि आयोग जिल्ला समिति बाजुराले गत सोमबार देखि बाजुराका सुकुम्बासी तथा भुमिहिन परिवारलाई (अस्थायी लालपुर्जा) निस्सा वितरण सुरु गरेको हो ।

जिल्लाको स्वामिकार्तिक –३ का तीन जना सुकुम्बासी तथा ३८ जना अव्यवस्थितलाई (अस्थायी लालपुर्जा) निस्सा वितरण सुरु गरेको राष्ट्रिय भुमि आयोग जिल्ला समिति बाजुराले जनाएको छ ।

लामो समय सम्म भुमिहिन भएर बसेको थिए । अहिले बल्ल जमिन पाउँने आशले बाटो कुर्दा कुर्दै (अस्थायी लालपुर्जा) निस्सा हातमा मिलेको स्वामिकार्तिक वडा नं –३ का आइते विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफु सम्म केही पनि जमिन नहुँदा बाजुराको भन्न पनि लाज लाग्थ्यो । अहिले अस्थायी भएपनि त्यो निस्सामा आफ्नो नाम गाउँ ठाउँ सहित उल्लेख भएर प्रमाण हातमा मिलेपछि निकै खुसी भएको छु ।”

अर्कोको जमिन अदिया गरेर पेट त पाल्न सकिन्थ्यो । लालपुर्जा नहुँदा कतैबाट घरबासको व्यवस्था पाउने भएपछि त्यो अवसरबाट आफु सधै वञ्चित हुँदै आउनु परेको थियो । अव भने निस्सा मिल्यो यो सँगै स्थानीय लाजपुर्जा समेत मिल्ने आशा पलाएको विकले बताउनभुयो ।

राष्ट्रिय भुमि आयोग जिल्ला समिति बाजुराले गत सोमबार देखि बाजुरामा रहेका सुकुम्बासी तथा भुमिहिन परिवारलाई (अस्थायी लालपुर्जा) निस्सा वितरण गर्ने काम सुरु गरिएको छ ।

सबै भन्दा पहिलो जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं –३ का सुकुम्बासी तथा भुमिहिन परिवारबाट (अस्थायी लालपुर्जा ) निस्सा वितरण सुरु गरिएको हो ।

यती बेला स्वामिकार्तिबाट सुरु गरिएको निस्सा वितरण कार्यक्रम विस्तारै जिल्लाका अन्य स्थानीय निकाय सम्म पनि विरतण गर्ने राष्ट्रिय भुमि आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनक रोकायाले बताउनभुयो ।

उहाँले भन्नुभयो ,“पहिलो पटक स्वामिकार्तिक गाउँपालिका वडा नं ३ दुइ जना दलित र एक जना सुकुमबासी र ३५ जना अव्यवस्थित गरी ३८ जनालाई अस्थायी लालपुर्जा निस्सा वितरण गरेको छ ।”

बाजुराको हिमालीमा तीन सय सात , स्वामिकार्तिकमा दुइ सय तेह्र , जगनाथ चार सय सैतिस , बूढीनन्दा चार सय अठत्तर , गौमुल एक सय त्रिचालिस बुढीगङ्गा दुइ सय तीन छेडेदह तीन सय अठतालिस, त्रिवेणी एक सय पचत्तर , बढीमालिका चार सय उनान्चास गरी जम्मा दुइ हजार ७५२ भुमिहिन रहेको रोकायाले बताउनुभुयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?