जीर्ण बन्दै कोटघर

क्याप्सन ः जीर्ण बन्दै गएको बूढीगङ्गा नगरपालिका–१ मा रहेको कुँडीकोट दरबार (कोटघर) । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा , मङ्सिर १४ गते । बाजुराका विभिन्न ठाउँमा रहेका दरबार (कोटघर) पछिल्लो समय जीर्ण बन्दै गएका छन् ।

बाजुरामा बाईसे चौबीसे राजाको पाला देखि निर्माण गरिएका ती दरबार (कोटघर) अहिले सम्म कतै मर्मत सम्भार नभएपछि जीर्ण बन्दै गएका हुन् ।

सयौँ वर्ष पहिला राजा मुकुद्रबहादुर सिंहको पाला देखि निर्माण गरिएको बुढीगङ्गा नगरपालिका –१ कुडीकोट दरबार (कोटघर) पछिल्लो पुस्ताले निर्माणमा खासै चाँसो नखाएपछि जीर्ण बन्दै गएको बुढीगङ्गा नगरपालिका –१ का वुद्धिजीवि जहरसिह थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सयौ वर्ष भन्दा पहिला निर्माण गरिएको सो दरबार (कोटघर) एक पटक एकासी आगलागी हुँदा बीस वर्ष भन्दा पहिला कुँडीका राजेस सिहले निर्माण गरिएको हो । त्यसपछि अहिले सम्म त्यसको कतैबाट मर्मत सम्भाव नहुँदा जीर्ण बन्दै गएको हो ।”

ऐतिहासिक पुरातत्वको रुपमा रहेका बाजुराका दरबार (कोटघर) अहिले पनि उत्तिकै चाँसोको विषयका रुपमा छन् ।

खप्तड छेडेदह गाउँपालिकाको वडा नं –१ काँडाकोट दरबार (कोटघर) र बूढीगङ्गा नगरपालिका वडा नं –१ को कँुडीकोटमा रहेको दरबार (कोटघर) जीर्ण अवस्थामा छन् ।

२०७५ / ०७६ सालमा स्थानीय सरकारले ती दरबार (कोटघर) लाई केही मर्मत सम्भार गरेको भएपनि पुनः निर्माण नहुँदा अहिले ती जीर्ण बन्दै गएका हुन् ।

त्यसैगरी बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं –४ मा बार्जुकोट कोटमा रहेको बार्जुकोट दरबार भने अहिले सम्म भग्नावशेष अवस्थामा नै रहेको छ ।

२०७६/०७७ सालमा प्रदेश सरकारको आर्थिक सहयोगमा बार्जुकोटमा भ्यूटावर निर्माण गरेको भएपनि दरबार भने अहिले सम्म भग्नावशेष अवस्थामा नै रहेको छ ।

पुरातत्वको रुपमा रहेका पुराना ती दरबार (कोटघर) अहिले स्थानीय सरकारले रकम विनियोजन गरी मर्मत गर्ने योजना गरेको बुढीगङ्गा नगरपालिका –१ का वडा अध्यक्ष रणबहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ २०७५ / ०७६ मा पनि कुडीकोट दरबारलाई दुइ लाख पचास हजार रुपियाँ विनियोजन गरेर छाना मर्मत गरेको हो ।

यती बेला पनि बार्जुकोट दरबार (कोटघर) र कुँडीकोट दरबार (कोटघर) लाई मर्मत गर्ने गरी स्थानीय सरकारले प्रोफाइलमा नै उल्लेख गरेको वडा अध्यक्ष थापाले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?