घरमै पानी पुगेपछि स्थानीय हर्षित

क्याप्सन ः त्रिवेणी नगरपालिका –४ का वडा अध्यक्ष गणेश बहादुर साउँद एक घर एक खानेपानीको योजनाको उद्धघाटन गर्नुहुँदै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेर बहादुर सार्की
बाजुरा, माघ १० गते । बाजुराको त्रिवेणी नगरपालिकाको देवस्थली बस्तीको घर घरमा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीय निकै हर्षित बनेका छन् ।

त्रिवेणीको नगरपालिका वडा नं –४ देवस्थली बस्तीको घरघरमा खानेपानीको धारा निर्माण भएपछि यहाँका स्थानीय हर्षित बनेका हुन् ।

पुस्तौ देखि खोलाको पानी खादै आएका थियौ । अहिले घरघरमा खानेपानीको धारा निर्माण भएपछि निकै हर्षित बनेको त्रिवेणी नगरपालिका वडा नं –४ का ७० वर्षिया काल्चे साउँदले बताउनुभयो ।

उहाँलेभन्नुभयो, “ यहाँका स्थानीय महिलाहरुले पुस्तौ देखि एक घण्टा टाढाबाट हिडेर खोलाको पानी ल्याउने गरेका थिए । अहिले एक घरमा एक धारा निर्माण भएपछि अहिले यहाँका महिला त्यो समस्याबाट मुक्त भएका छन् ।”

पानी नहुँदा घर नजिकै रहेको जमिन पनि बाँझो रहँदै गएको थियो । अहिले घरमा खानेपानीको धारा निर्माण भएपछि त्यो जमिनमा पनि तरकारी लगाउन सहज भएको साउँदले बताउनुभयो ।

साउँद मात्र नभइ यती बेला त्रिवेणी –४ देवस्थली टोलका झण्डै ३२ घरपरिवार समेत घर घरमा खानेपानीको धारा निर्माण भएपनि निकै हर्षित भएका छन् ।

विगतका वर्ष देखि एक घर एक धारा हाम्रो अभियान सुरक्षित खानेपानी मुक्त समुदाय हाम्रो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको त्रिवेणी नगरपालिकाले जनाएको छ ।

२०७९ सालको माघबाट सुरु भएको सो टोलको खानेपानी २०८० माघमा सम्पन्न भएको त्रिवेणी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष गणेश साउँदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यो बस्तीका स्थानीयको पुस्तौ देखि को खानेपानीको समस्या भोग्दै आएकोले गत वर्षको वजेटमा रकम विनियोजन गरेपछि अहिले यो बस्तीका स्थानीयको एक घर एक धारा निर्माण भएको हो ।”

स्थानीय तह र युनिसेभको २१ लाख ९१ हजार रुपियाँमा त्रिवेणी ४ को ढकेना खानेपानी योजनाबाट यो देवस्थली बस्तीका झण्डै ३२ घरमा एक घर एक धारा निर्माण गरिएको अध्यक्ष साउँदले बताउनुभयो ।



 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?