बाजुराका किसानलाई गहुँ टिप्ने चटारो

क्याप्सनः बूढीगङ्गा नगरपालिका ९ का स्थानीय गहुँ टिप्दै । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा, वैशाख ९ गते । बाजुराका किसानलाई गहुँ टिप्ने निकै चटारो परेको छ । गत मङ्सिरमा लगाएको गहुँ वैशाखमा पाक्न थालेपछि बाजुराका किसानलाई यती बेला गहुँ टिप्ने चटारो परेको हो ।

बूढीगङ्गा नगरपालिका –का स्थानीय नाम थापाले , पाकेको गहुँ असिना परेपछि चुट्छकी भन्ने डरले बिहान दिउँसो खेतमा गहुँ टिप्न व्यस्त हुदै आएको बताउनुभयो । उहाँले ,गत चैतमा बाजुरामा परेको असिनाले पाक्न लागेको गहुँ नोक्शान गरेकोले यती बेलामा पनि पाकेको गहुँलाई असिना आएर लैजान्छकी भन्ने डरले बिहान दिउँसो खेतीमै व्यस्त हुने गरेको बताउँनुभयो ।

वैशाख महिनाको सुरुवात सँगै जिल्लाको बडिमालिका, बुढिगङ्गा, त्रिवेणी नगरपालिका र गौमुल ,छेडेदह गाउँपालिका लगायत विभिन्न ठाउँमा गहुँबाली पाकेपछि किसानलाई गहुँ टिप्ने चटारो परेको हो ।

त्रिवेणी नगरपालिका –५ का स्थानीय कला भण्डारीले, मङ्सिर महिनामा भोक निद्रा नभनी लगाएको गहुँ खेती गत फागुन चैतमा परेको असिनाले क्षति गरेको थियो । बाँचेको गहुँ नभित्र्याउँदै फेरि पनि असिना आउँछ की भन्ने डरले हतारमा गहुँ टिप्न लागेको बताउनुभयो ।

जिल्लाका केही ठाउँमा वैशाख सुरुवात सँगै गहुँ बाली पाक्न सुरु भएतापनि हिमाली क्षेत्रका बुढीनन्दा हिमाली , स्वामिकार्तिक जगनाथ गाउँपालिका केही ठाउँमा भने वैशाखको अन्तिम जेठको पहिलो साताबाट मात्र गहुँबाली पाक्न सुरु हुन्छ् ।

बाजुरा वैशाख जेठमा असिना पानी पर्ने गरेकोले यती बेला किसानलाई पाकेको गहुँ त्यो बाट कसरी बचाउँनु भन्ने चिन्ता परेको छ । मङ्गलबार बेलुकी बाजुरामा परेको असिनापानीले फेरि किसानलाई निकै त्रसित पारेको छ । खेतमा गहुँ पाकेर पहेलीपन भएको यता असिना पानी पर्ने गरेकोले किसानलाई पाकेको गहुँ फेरि असिना पानीले नोक्शान गर्छकी भन्ने डरले किसान चिन्तामा परेका हुन् ।

बुढीगङ्गा, नगरपालिकामा पर्ने ताँप्रा, साइयल ,बाम्का , भमक ,रिठा , सिगाडाको खुना तथा त्रिवेणी नगरपालिकाको पन्ताली, तोली र छेडेदह गाउँपालिकाको पीपल गाउँ लगायतका किसान यती बेला गहुँ टिप्नमै व्यस्त छन् ।

जिल्लाका अन्य ठाउँको भन्दा बुढीगङ्गा नगरपालिको खुना,बायल ,भमकबजार बेलालमाण्डौ झाली लगायतका ठाउँमा पाखो जमिनमा पनि गहुँ राम्रो फल्ने गर्छ । बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन भएपनि यस मध्ये २२ हजार हेक्टर खेति गोग्य जमिन रहेको छ । पाँच हजार २ सय ३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिचाँइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीन प्रशाद जैशीले, गहुँ हिउँदे बाली भएकोले हिउँदमा वर्षा भएन भने उत्पादन घट्छ वर्षा भएमा उत्पादन बढने गरेको बताउँनुभयो । उहाँले, बाजुरामा पछिल्लो समयमा किसानले उन्नत गहुँको बीउको प्रयोग बढ्दै गईरहेकोले उत्पादनमा पनि बृद्वि भएको बताउँनुभयाे ।

बाजुरामा कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत् मात्रै जमिनमा सिँचाईको सुविधा छ । भने ८० प्रतिशत् जमिनमा अहिले पनि आकाशे पानिको भरमा खेती हुने गरेकाे छ ।

जिल्लाको उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पु¥याउन सिँचाइको क्षेत्र विस्तार गर्न निकै आवश्यक रहेको छ । अहिले बाजुरामा १० हजार ४६० हेक्टरमा क्षेत्रफलमा गहुँ खेती गरिन्छ भने सो जमिनबाट १७ हजार ७८२ मेट्रिक टन उत्पालन हुने गरेको सुचना अधिकारी जैशीले बताउँनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?