व्यक्तीगत रुपमा महिनाकाे दुइ हजार अपाङगलाई सहयाेग

साँफे बगर नगरपालिका नगरप्रमुख साँफे नगरपालिका वडा न ३ का चक्र बुढालाई दुइ हजार रुपियाँ हस्तान्तरण गर्दै । तस्बिर : कमल कुँवर / अछाम

कमल कुँवर
अछाम,जेठ २९ गते । साँफे नगरपालिका वडा न ३ का चक्र बुढा र उहाँकी श्रीमति दुबै जना अपाङ्ग हुनुहुन्छ । उहाँकाे घरको आर्थिक अवस्था निकै दयनीय छ । उहाँका २ छोरा २ छोरी दुइ जना अाफु गरी छ जनाकाे परिवार रहेकाे छ  ।
 
बुढालाई ती छाेरा छाेरीकाे लालन पालन  तथा पढाइ खर्च चलाउँन समेत निकै समस्या भएकाे छ । उहाँकाे घरकाे अार्थिक अवस्था निकै कम्जाेर छ । उहाँलाई बिहान र बेलुकीकाे खानाकाे जाेहाे गर्न नै सकस छ ।
 
केहि दिन अघि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर गाउँ बस्तिमा सुचारु भएका  याेजना अनुगमन गर्न जानुभयाे । साेही बेला उहाँ चक्र बुढाकाे घरमा पुग्नु भयाे । उहाँले बुढाकाे परिवारको अवस्था निकै दयनीय भएकाे कुरा थाहा पाउँनुभयो ।
 
बुढाकाे याे दयनीय अवस्था बुझ्दा नगरप्रमुख निकै भावुक भएर उहाँले त्याे बुढाकाे परिवारलाई अाफ्नाे व्यत्तीगत रुपमा केही गर्न पर्छ भन्ने  मनमा साेच गर्नु भयाे । साेच मात्र हाेइन उहाँले बुढाकाे परिवारलाई त्यती बेलामा नै  दुइ हजार रुपियाँ दिनु भयाे ।
 
बुढालाई त्याे दुइ हजार दिएर  नगरप्रमुखले भन्नुभयाे मैले अहिले याे दुइ हजार रुपियाँ मात्र तपाइलाई दिएकाे छु । अब देखि म तापइकाे परिवारलाई  अाफ्नाे व्यत्तीगत रुपमा प्रत्येक महिना महिना दुइ हजार रुपियाँ तपाइई सहयाेग गर्ने छु ।  
 
बुढाले अपाड्ग भएका कारण नगरपालिकाले दिने सेवा त सधै पाउँनु नै भएकाे छ ।  तर पनि उहाँलाई याे रकमबाट घरपरिवारलाई नै धान्नै सकस भएकाे छ । नगर प्रमुखले नगरबाट गर्ने संस्थागत सहयोग गर्ने बाचा संग संगै आफ्नो तर्फबाट हरेक महिना नगद दुइ हजार दिने वचन आज आफ्नै कार्य कक्षमा पुरा गर्नुभएको छ ।
 
साँफे बगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवरले भन्नुभयाे , म नागरिकका दुख सुखमा साथ गर्ने हेतुले याे ठाउँमा अाएकाेले मेराे मन तनले स्वास्थ्यले भ्याए सम्म सधै नागरिककाे सेवामा तल्लिन भएर काम गर्दै जाने र अाएकाे समेत बताउँनुभयाे ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?