स्याउ पाक्ने बेलामा बाटो बन्द

क्याप्सनः बुढीनन्दा नगरपालिकाको पाण्डुसैनमा फेलेको स्याउ । तस्बिर ः सुदूरपाटी

शेर बहादुर सार्की
बाजुरा, साउन २९ गते । जिल्लाको पुर्वि उत्तर क्षेत्रका हिमाली जगानाथ बूढीनन्दा स्वामिकार्तिक लगायतका अधिकाशं ठाउँका स्याउ पाक्ने समय भएको छ । विगतका केही वर्ष यो ठाउँका स्याउँ पाक्ने बेलामा बाटो अवरुद्ध भएझै यो वर्षमा पनि बाटो बन्द भएको छ ।

गाउँमा स्याउँ पाक्ने बेला भयो तर ती स्याउ बजार सम्म लैजान नहुने गरी बाटो बन्द भएपछि कसरी बिक्री गर्ने तिन्ता लागेको स्याउ किसान कर्चेन थापा भोटले बताउनुभयो । उहाँले प्रत्येक वर्ष यो समय बाटो बन्द हुन्छ गाउँमा स्याउ पाक्न सुरु हुन्छन । अनी ती स्याउन बजार सम्म लिएर बिक्री गर्न निकै समस्या हुने बताउनुभयो ।

हिमाली, स्वामिकार्तिक, जगनाथ र बूढीनन्दा लगायतका किसानको भदौको दोस्रो सातामा नै बारीमा स्याउ पाक्न सुरु हुन्छन् । नजिकमा बजार नभएपछि उनीहरुलाई ती स्याउ बिक्री गर्न कहाँ लैजाऊ भन्ने चिन्ता हुन्छ ।

बूढीनन्दा नगरपालिका –९  पाण्डुसैनका स्याउ कर्चेन थापाले, यता भदौमा स्याउ पाक्न सुरु हुन्छ । उता भने साउन देखि बाटो बन्दै हुदै गएको बताउनुभयो । उहाँले ,गाउँ नजिक बजार छैन । टाढा लैजाउँ भनेपनि बाटो बन्द छ, अहिले सम्म सडक सञ्चानमा छैनन् । भरिया द्धारा ढुवानी गरी बिक्री गर्न लैजाउँ भने स्याउँको मुल्य बढी लगाउँदा बिक्रीमा नै समस्या हुने गरेको बताउनुभयो ।

मार्तडी कोल्टी सडकको बीच बीचमा गएको पहिरो बाटो बन्द अवरुद्ध बन्दै गएको छ । यो बाटो समयमै सुचारु भएन भने जिल्लाको पूर्वि उत्तर क्षेत्रका स्याउँ किसानलाई भने स्याउ बिक्री गर्न निकै समस्या हुने देखिन्छ ।

आफनै बारीमा अर्गानिक स्याउँ पाकेपनि समयमै बजार सम्म नलिन सक्दा केही स्याउ बारीमै कुहिएर जाने गरेपछि वर्षेनी निकै घाटा व्यहोर्नु परेको किसानको भनाइ छ । अघिल्लो वर्षमा स्वामीकार्तिक खापर गाउँपालिका देखि पिलिचौर ,जगनाथ गाउँपालिकाको स्वाउ वारी देखि पिलिचौर जुड्डी र बूढीनन्दा नगरपालिकाको पाण्डुसैन देखि मार्तडी सम्म स्याउ ठुवानीका लागि कृषि ज्ञान केन्द्र बाजुराले अनुदानको व्यवस्था गरेको थियो ।

यो वर्ष पनि किसानको बारीबाट स्याउ ढुवानी हुने गरी अनुदानको व्यवस्था गर्ने हो भने स्याउ बिक्रीमा समस्या नहुने देखिन्छ । यता कृषि ज्ञान केन्द्र बाजुराले यो वर्षमा पनि बाटो अवरुद्ध भएको कारण स्याउँ किसानलाई ढुवानीमा समस्या भएपछि स्याउँ किसानको बारीबाट नै स्याउ ढुवानी अनुदानको व्यवस्था गर्न सकिने जनाएको छ ।

बाजुरामा १७० हेक्टर जमिनमा झण्डै एक हजार २० मेटिक टन उत्पादन हुन्छ । यो वर्षमा पनि त्यसको दुइ प्रतिशत कमीले स्याउ उत्पादन हुने आकलन रहेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीनप्रशाद जैसीले बताउनुभयो ।

उहाँले पहिला जगनाथ बूढीनन्दा स्वामिकार्तिकमा मात्र स्याउ उत्पादन हुने गरेको थियो भने अहिले हिमालीमा गौमुल खप्तड छेडेदहमा पनि स्याउन उत्पादन हुने गरेको बताउनुभयो । बाजुरामा स्थानीय , फुुजी , गाला र गोल्डेन जातको स्याउ उत्पादन हुने गरेको ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जैशीले बताउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?