खुलालु सरिसल्ला योजनाको कोल्टीमै शाखा

क्याप्सन ः भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रीद्धारा खुलालु सरिसल्ला सडक योजनाको कोल्टी शाखा उद्धघाटन कार्यक्रमका सहभागि । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा,पुुस ८ गते । बाजुराको पुर्विउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका कोल्टीमा खुलालु सरिसल्ला सडक योजनाको शाखा कार्यालय स्थापना गरिएको छ ।

माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गत शुक्रबार एक औपचारिक कार्यक्रमका साथ सो शाखाको उद्धघाटन गर्नु भएको हो ।

बाँके जिल्लाको जमुनिया नेपाल भारत बोडर देखि हुम्ला जिल्लाको हिल्सा नेपाल चाईना बोडर सम्मको कुल ५८३ किलोमिटर लामो नेपालकै गौरबको योजनाको कर्णाली करिडोर निर्माणको शिलसिलामा कालिकोटको खुलालु देखि बाजुरा हुँदै हुम्लाको सरिसल्ला सम्मको १२३ किलोमिटर खण्डलाई हेर्ने गरी कोल्टीमा सो शाखा स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ कोल्टीमा स्थापना गरिएको सो शाखाले कर्णाली करिडोर अन्तगर्त खुलालु देखि सरिसल्ला सडक योजनाको निर्माण कार्यमा निकै सहज पुग्ने भएको छ । ”

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, हुम्लाका सङघीय सभा सदस्य कालचेन लामा, मन्त्रालय सचिव, आयोजना प्रमुख लगायतका अतिथिहरू तथा स्थानीयको सहभागितामा प्रमुख अतिथि तथा माननीय मन्त्री प्रकाश ज्वालाबाट सो शाखा कार्यालयको उद्धघाटन गरिएको प्रमुख जिल्ला अधिकारी भिकान्त पौडेलले बताउनुभयो ।

बाजुराका विकट गाउँ बस्तीमा सडकको पहुँच हुने गरी यती बेला कर्णाली करिडोरलाई पहिलो प्राथमिकता दिएको भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ केही वर्ष पहिला देखि काम सुरु भएको कर्णाली करिडोर सडकलाई थप विस्तार गर्ने गरी अहिले झण्डै एक अरव रकम विनियोजन गरेको छ ।”

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?