तारेदहमा पुल निर्माण हुँदा स्थानीय हर्षित्

क्याप्सन ः खप्तड छेडेदह १ काँडा र २ जयवाग्यश्वरीको बीचमा रहेको तारेदह खोलामा निर्मााण गरिएको झोलुङ्गुे पुल । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा , असार १५ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका –१ काँडा र –२ जयवाग्यश्वरीको बीचमा पर्ने तारेदह खोलामा पुल निर्माण हुँदा यहाँका स्थानीय निकै हर्षित भएका छन् ।

गाउँपालिकाको आर्थिक तथा पीसविन बाजुराको प्राविधिक सहयोगमा खोलामा बनेको सो पुलमा आउजाउ गर्न सहज भएपछि यहाँका स्थानीय निकै हर्षित भएका हुन् ।

पहिला पुल नहुँदा वर्खाको समय खोला तर्न निकै समस्या हुन्थ्यो । अब खोलामा पुल बनेपछि भने आउजाउ गर्न निकै सहज भएको खप्तड छेडेदह गाउँपालिका –२ का स्थानीय कविता वुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ खप्तड छेडेदह –२ जयवाग्यश्वरीका अधिकाशं विद्यार्थी उच्च शिक्षा पढ्नका लागि वडा नं १ को काँडा भवानीमा जाने गर्दछन् । वर्खाको समय खोलामा पानीको बहाव बढ्ने भएकोले उनीहरुलाई खोर्ला तर्न निकै समस्या हुथ्यो । ”

यती बेला त्यो खोलामा पुल निर्माण भएपछि यहाँका ती बालबलिकालाई वर्खाको समयमा पनि विद्यालय जान निकै सहज भएको बुढाले बताउनुभयो ।

खप्तड छेडेदह गाउँपालिका –१ सिग्रा , सेरागाउँ , मेलतोला , थुवालवाडा , काँडा र –२ को माटेसाँगु गाँज्रा , बल्दे र जयवाग्श्वरी लगायतका स्थानीयवासी वारिपारी गर्दा खोला तरेर जाने गथ्र्ये । वर्खाको समय पानीको मात्रा नै बढ्ने गरेकोले त्यती बेला यहाँका स्थानीयलाई खोला तर्न ज्यान जोखिमा पर्ने गरेको थियो ।

यती बेला यो खोलामा झण्डै ६४ मिटर लम्बाइ पुल निर्माण भएपछि अब भने यहाँका स्थानीयबासीको त्यो समस्या हटेको छ ।

गाउँपालिकाको ४५ लाख २८ हजार ९६२ रुपियाँ र पीसविन बाजुराको प्राविधिक सहयोगमा तारेदह खोलामा ६४ मिटर लम्बाई पुल निर्माण भएको पीसविन नेपालका टेक्निकल अफिसर खडकराज जैशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०७९ माघ २५ गते निर्माणको काम सुरु भएर २०८१ असार १२ गते निर्माणको काम सम्पन भएको छ ।”

त्यो सगै यो वर्षमा बाजुराको बुढीगङ्गामा २ खप्तड , छेडेदहमा २ स्वाकिार्तिकमा १ बडिमालिका २ त्रिवेणी २ गरी नौ वटा पुल निर्माणको काम सम्पन्न भएको जैशीले बताउनुभयो ।

खप्तड छेडेदह गाउँपालिका १ काँडा र २ जयवाग्यश्वरीको बीचमा पर्ने तारेदह खोलामा पुलको निकै आवश्यक रहेकोले २०७९ ÷०८० को आर्थिक वर्षमा ४५ लाख २८ हजार ९६२ रुपियाँ रकम विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष बीसु नाथले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ गाउँपालिकाको आर्थिक तथा पीसविन नेपालको प्राविधिक सहयोगबाट अहिले त्यो खोलामा पुन निर्माणको काम सम्पन्न भएको छ ।”

वर्खाको समय सधै तारेदह खोला तर्न सास्ती खेप्दै आएका काँडा र जयवाग्यश्वरीका स्थानीयलाई अहिले त्यो ठाउँमा राम्रो पुल निर्माण भएपछि आउजाउ गर्न निकै सहज भएको उपाध्यक्ष नाथले बताउनुभयो ।

बाजुराका नौ वटै स्थानीय तहमा हाल सम्म झण्डै १३५ वटा झोलुङ्गेपुल रहेका छन् । भने यो आर्थिक वर्ष फेरी १६ पुल निर्माणाधिन अवस्था रहेका छन् । यी सबै पुलको प्राविधिक र समाजिक सहयोग पीसविन नेपालको रहेको जैशीले बताउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?