भाैतिक पुर्वाधार विकासलाई पहिलाे प्राथमिकता दिन्छु :साेडारी

कैलालीको गौरीगङ्गा नगरपालिकाद्धारा “सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त माननीय मुख्यमन्त्रीको स्वागत कार्यक्रमका सहभागि : तस्बिर : सुरेश भुल/ कैलाली

सुरेश भुल
कैलाली, जेठ ७ गते । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त माननीय मुख्यमन्त्री श्री दीर्घबहादुर सोडारीले धार्मिक स्थल ,मठमन्दिर, पर्यटकीय ताल , भौतिक पुर्वाधार विकासलाई पहिलो प्राथमिकता दिने बताउनुभयो ।

कैलालीको गौरीगङ्गा नगरपालिकाद्धारा “सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त माननीय मुख्यमन्त्रीको स्वागत कार्यक्रममा” मन्त्री साेडारीले उक्त कुरा बताउनुभएको हो ।

गौरीगङ्गा नगरपालिकाका सबै वडाको शिक्षा , स्वास्थ्य , सडक तथा यहाँको आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा परिवर्तन गर्न अति आवश्यक रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “ आफु यसका लागि प्रदेश सरकारको आगामी वजेटमा पहिलो प्राथमिकता दिने छु ।”

उहाँले , यहाँका विभिन्न पेशा व्यवसायमा आवद्ध श्रमिक र मजदुर पुरुष तथा महिलाको श्रम शोषण विरुद्ध कानुन बनाएर लाग्ने प्रतिवद्धता जनाउँदै प्रदेश सरकार सबैको साझा सहयोगबाट अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

गौरीगङ्गा नगरपालिका नगरप्रमुख देवि दक्त कडेलले , पुल , बाटो , ताल , जडिबुटी , पर्यटक ,विद्यायलय, स्वास्थ्यको क्षेत्रलाई प्रदेश सरकारले आगामी आउने बजेटले पहिलो प्राथमिकता दिनु पर्ने बताउनुभयो ।

उहाले , यहाँका धार्मिक स्थल ,मठमन्दिर, पर्यटकिय क्षेत्र,पर्यटकीय ताल ,विकास का पुर्वाधार लगायत प्रत्येक वडाका मुख्य समस्यालाई स्थानीय सरकारले मात्र पुरा गर्न सम्भाव नभएकोले यसका लागि प्रदेश सरकारको सहयोग आवशयक रहेको बताउनुभयो ।

पछिल्लो समयमा नगरपालिकाले यहाँको शिक्षा स्वास्थ्य तथा भौतिक पुर्वाधार विकास निर्माणका क्षेत्रमा राम्रो परिवर्तन गर्ने योजना गरेकोले यसमा प्रदेश सरकारको थप आर्थिक सहयोगको अपेक्षा रहेको नगरप्रमुख देविदत्त कडेले बताउनुभयो ।

नगर प्रमुख देवि दत्त कडेलको अध्यक्षतामा सञ्चालन गरेको सो कार्यक्रमको प्रमुख अतिथि माननीय मुख्यमन्त्री दीर्घ बहादुर सोडारी रहनु भएको थियो । भने विशिस्ट अतिथि नगर उपप्रमुख भोजबहादुर बम अतिथि गौरीगङ्गा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी रहनु भएको थियो ।

गौरीगङ्गा नगरपालिका शिक्षा शाखा उप सचिव हरिस पन्तले सञ्चालन गरेको सो कार्यक्रममा नगरपालिका का ११ वटै वडा का जनप्रतिनिधि , पत्रकार , कर्मचारी , विभिन्न पार्टीका जनप्रतिनिधि लगाएत दुइ सय जना भन्दाबढी को सहभागीता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्