एमालेले सिफारिस गर्यो काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार, को को परे ? (सूचीसहित)

काठमाडौं – नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । तीमध्ये तीनवटा क्षेत्रबाट एक–एक जनामात्रै उम्मेदवार पठाएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस गरेको पार्टीको काठमाडौं जिल्ला कमिटीका एक सदस्यले बताए । क्षेत्र नम्बर २ मा मणिराम फुयाँल, ३ मा कृष्ण राईको नाम सिफारिस भएको छ ।

काठमाडौं ४ मा राजन भट्टराई र निर्मल कुँइकेल, ५ मा ईश्वर पोखरेल, ६ मा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस भएको छ ।

यस्तै काठमाडौं–७ मा विपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्तको नाम सिफारिस भएको छ ।

काठमाडौं ८ बाट राजेश शाक्यको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस भएको छ ।

एमालेले काठमाडौं १० बाट विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरब महर्जनको नाम सिफारिस गरेको छ । कतिपय क्षेत्रमा सर्वसम्मत नभएकाले सबैको नाम सिफारिस भएको हो ।

यी हुन् सिफारिस भएका उम्मेदवार:

क्षेत्र नम्बर १ः विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई
क्षेत्र नम्बर २ः मणीराम फुयाल
क्षेत्र नम्बर ३ः कृष्ण राई
क्षेत्र नम्बर ४ः डा.राजन भट्टराई, निर्मल कुइकेल
क्षेत्र नम्बर ५ः ईश्वर पोखरेल

क्षेत्र नम्बर ६ः योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना
क्षेत्र नम्बर ७ः इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त
क्षेत्र नम्बर ८ः राजेश शाक्य
क्षेत्र नम्बर ९ः कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य
क्षेत्र नम्बर १०ः विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?