जिल्ला सहमति नहुँदा प्रदेशमा सिफारिस

बाजुरा , भदौ १९ गते । नेपाली काँग्रेस बाजुराले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचन उमेदवारका लागि सात जनाको नाम सङ्कलन गरी प्रेदश कमिटिमा पठाएको छ ।नेपाली काँग्रेस जिल्ला कमिटि बाजुराले बाजुराबाट प्रतिनिधि सभा सदस्यका लागि दुइ पुरुष एक जना महिला गरी तीन जना भएपनि सहमती नभएपछि सात जनाको नाम सङ्कलन गरी प्रदेशमा पठाएको हो ।

नेपाली काँग्रेस जिल्ला कमिटी बाजुराका सचिव भरतबहादुर रोकायाले,नेपाली काँग्रेस जिल्ला समितिको बैठकमा प्रतिनिधि सभा सदस्यमा सात जनाको उमेदवारी रहेको र सबैले आ आफ्नोअडान राखेपछि उम्मेदवारको छनोटका लागि प्रदेशमा सिफारिस गरी पठाएको बताउनुभयो ।

उहाँका अनुसार, प्रतिनिधि सभाका लागि ब्रदीप्रसाद पाण्डे,खम्मबहादुर खाती,कविराज पण्डित,अङ्गराज तिमिल्सेना,जनकराज गिरी,मानबहादुर रावल र शेरबहादुर खाती गरी सातै जनाको नाम जिल्ला कमिटिले प्रदेशलाई सिफारिस गरेको हो ।

नेपाली काँग्रेसको विधानमा २ जना पुरुष एक जना महिलाको नाम प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गर्नु पर्ने प्रावधान छ । जिल्लामा सहमति नभएपछि प्रतिनिधि सभा सदस्य छनोटका लागि सात जनाको नाम प्रदेश कमिटिमा पठाउनु परेको सचिव रोकायाले बताउनुभयो ।त्यसै गरी प्रदेश सभा क प्रत्यक्ष तर्फमा जनकराज गिरी, नारायण पाध्याय, प्रदेश सभा ख प्रत्यक्ष तर्फका लागि पदम बहादुर शाही,रामसिंह रावल, चक्र बहादुर शाह दिपकबिक्रम शाह ,शुरेन्द्रनाथ योगीलाई सिफारिस गरेको नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव रोकायाले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?