सहाराको खोजीमा हलिया परिवारका बालबालिका

शेरबहादुर सार्की
बाजुरा, भदौ २४ गते । बाजुराको पूर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली, बूढीनन्दा,स्वामिकार्तिक, जगनाथ गाउँपालिकामा बस्दै आएका हलिया परिवारका दर्जनौ बालबालिका सहाराको खोजीमा रहेका छन् ।

पुस्तौँ देखि अर्कोको घरमा काम गरी पेटको गुजारा गर्दै आएका ती हलिया परिवारका छोरा छोरीलाई पढन् त घरमा बिहान र बेलुका खान समेत नभएपछि उनीहरु सहाराको खोजी रहेका छन् ।

जगनाथ गाउँपालिका ३ की किणी विकले पुस्तौँ देखि अहिले सम्म आफु अर्कैको घरमा हलिया बसेर छोरा छोरीको पेट पाल्दै आएकी थिए । अहिले केही वर्ष यता गाउँमा हलिया मुक्तीको नारा लगाउँन सुरु भयो, त्यो डरले साहुले घरबाट निकाली दियो त्यसपछि छोरा छोरीलाई पालन पोषण गर्न मुस्किल भएको बताउनुभयो ।

अर्कोको घरमा हलिया बसेर खान समेत धौ धौ परेका ती परिवारका बालवालिकालाई राम्रो सँग पढ्न त के ? बिहान बेलुका पेट पाल्न समेत निकै कठिन भएपछि उनीहरु अहिले विभिन्न निकायलाई सहयोग मागी रहेका हुन् ।

बस्ने घरको समेत व्यवस्था नभएका ती हलिया परिवारका बालवालिकाहरुको अवस्था निकै दयनीय छ ।गाउँमा अन्य परिवारका बालवालिकाहरुले विद्यालयमा पढ्दै गरेका भएपनि हलिया परिवारका बालवालिकाको भने पढाइ वञ्चित हुँदै आएको छ ।हलिया परिवारका छोरा छोरीको पढेर ठुलो बन्ने चाहाना भएपनि घरको आर्थिक स्थिति निकै दयनीय भएका कारण उनीहरु त्यस सोचबाट वञ्चित हुँदै आएका छन् ।

कतीपय हलियाका बालबालिका एक दुइ कक्षाको पढाइ छोडेर रोजगारीका लागि छिमेकी मुलक भारतका विभिन्न ठाउँमा जान थालेका छन् ।बिहान बेलुका घरमा के खाने भन्ने चिन्ता पस्न थालेपछि हलिया परिवारका बालवालिका पढाइ छोडेर भारतमा काम गर्नका लागि जान बाध्य भएका हुन् ।जगनाथ गाउँपालिका –३ का हलिया पवित्रा विकका छोरा रमेश विकले आफ्नो पढ्ने ठुलो सपना थियो ।

तर घरमा पढाइ गर्ने त के बिहान बेलुका खाना समेत खान नभएपछि कामको खोजीमा भारत जान बाध्य भएको बताउनुभयो ।हलिया परिवारका बालवालिकाहरुका लागि गाउँमा विद्यालयको व्यवस्था हुनु पर्ने हलियाको परिचय पत्रमा उल्लेख गरिएको छ ।तर अहिले गाउँमा विद्यालय नहुँदा हलियाका हजारौ बालबालिका पढाइबाट वञ्चित हुँदै आएको विनिता विकले बताउनुभयो ।

जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको हिमाली, बूढीनन्दा,स्वामिकार्तिक, जगनाथ र बूढीगङ्गा नगरपालिकाको बह्रतोला लगायतका गाउँमा एक हजार ६३५ भन्दाबढी हलिया घरपरिवार बसोबास गर्दै आएका छन् ।यो समस्या त रमेश विकको मात्र होइन बाजुराका एक हजार ६३५ भन्दाबढी हलिया घरपरिवारका झण्डै दुइ हजार भन्दाबढी बालबालिकाको पीडा पनि उस्तै छ ।सरकारकी तथा गैरसरकारी सस्थाले हलिया मुक्तीको नारा त ल्यायो तर अहिले सम्म केही सुविधा दिएन ।

हामी पुस्तौँ देखि अहिले सम्म साहुको घरमा बसेर त पेट पाल्दै आएका थियौ ।संस्थाले लगाएको त्यो नाराको डरले हामीलाई साहुले घरबाट निकाल दियो । अहिले हामीलाई नत घर नत घाटका भयौँ हलिया परिवारको दुखेको छ ।स्वामिकार्तिक जगनाथ गाउँपालिका लगायतका विभिन्न ठाउँमा बस्दै आएका हजाराँै हलिया परिवारका सयौ भन्दौ बढी आमा बुवा गुमाएका बालवालिकाहरु छन् ।

ती आमा बुवा गुमाएका बालवालिकाहरुको पालन पोषण शिक्षा स्वास्थ्यमा सहयोग गरिदिनका लागि विभिन्न निकायमा पहल गर्दै आएको शहिद प्रतिष्ठान बाजुराका अध्यक्ष विनिता विकले बताउनुभयो ।

क्याप्सन ः सहाराको खोजीमा रहेका जगनाथ गाउँपालिका ३ हलिया परिवारका बालवालिका । तस्बिर ः शेरबहादुर सार्की,बाजुरा

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?