नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न

रमेश पुरुष

अछाम, असाेज ३० गते  । नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।  साे बैठकले आगामि मङसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि विभिन्न उप–समितिहरु गठन गरेको छ।

बैठकले साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षतामा एक सय ५१ जना सदस्य रहने गरी निर्वाचन परिचालन तथा आर्थीक उपसमिति कमिटी गठन गरेको छ। यस्तै नगर कमिटीको आयोजना गरेको उक्त बैठक मार्फत विजया दशमी तथा दीपावलीको शुभकामना आदान प्रदान समेत गरीएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?