नेकपा एमालेकाे दुइ महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु

कञ्चनपुर नेकपा एमालेले गरेकाे दुई महिने ‘मिसन ग्रासरुट’ अभियानमा सहभागि नेकपा एमालेका नेता तथा कार्यकर्ता । तस्बिर : सुदूरपाटी

पुनर्वास । कञ्चनपुर नेकपा एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट चरणबद्धरुपमा तीव्रताका साथ अघि बढ्ने गरी सुरु गरेकाे साे कार्यक्रमले पार्टी सुदृढीकरण र संगठन विस्तार , प्रशिक्षण ,सदस्यता वितरण तथा नवीकरण गर्ने काम पनि गर्ने भएकाे छ ।

पहिले चरणमा उद्योग वाणिज्यको सभा हलमा नगर कमिटी सचिवालयको बैठक सप्पन्न गरेको छ । दोस्रो चरणमा सहिद स्मृति भवनमा नगर कमिटीको विस्तारित बैठक सप्पन्न गर्ने याेजना रहेकाे छ ।

तेस्रो चरणमा विभिन्न वडाहरुमा विस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रम का साथै नगर स्तरीय मिसन ग्रासरुटको सचिवालयको कार्यलय समेत उद्घाटन गर्ने तयारी रहेकाे नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य एवम् कार्यक्रमका केन्द्रिय प्रतिनिधि झपट बहादुर रावलले बताउनुभयाे ।उहाँले भन्नुभयाे   मुलुकलाई राजनैतिक, आर्थिक र संबैधानिक रुपमा सक्षम बनाउन नेकपा एमाले ठुलो जिम्मेवारी थपिएको नेकपा एमालेले अहिले याे कार्यकर्म सुरु गरेकाे बताउनुभयाे । 

अन्तर्राष्ट्रिय परिवेश र राष्ट्रिय राजनीतीलाइ सहि बाटो दिन मुलुकमा आर्थिक समृद्धि र सुशासन ल्याउन एमाले लागि परेको रावलले बताउनुभयाे । पार्टीको सुदृढिकरणका साथै स्थानीय तह सम्मका अगुवा नेता कार्यकर्ता र जनता सम्म पार्टीका धारणा एवम् विचार पुर्याउन २ महिने पार्टी सुदृढीकरण तथा सदस्यता बिस्तार अभियान " मिसन ग्रासरुट " सुरु गरिएको नेता रावलले भन्नुभयाे ।

नेकपा एमाले पार्टी जनसरोकारका लागिअपरिहार्य रहेको जिकिर गर्दै, आफू माननीय रहदा जनताका मुद्धा राष्ट्रिय स्वाभिनताका सवाल र रक्षाका लागि सदनमा बोलेको र केही जनहित कार्य गर्न सफल रहेको रावलकाे भनाइ छ ।

नेपाली जनताको हितका साथै राज्यको भूमिका समाजवाद तर्फ उल्मुख गराउने सन्दर्भमा केन्द्रित रहनुपर्ने बताउदै , यसको निकासका लागि मुलुकमा एमालेको नेतृत्व आवस्यक रहेको उहाँले बताउनुभयो ।

अहिले सांगठानिक अराजकता र अवसरवादि प्रवृति देखा परेकाले त्यसको अन्त्यको लागि यो अभियान स्थानीयतह सम्म सञ्चालन गरि पार्टी सुदृढीकरण गर्ने रावलले बताउनुभयो । कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य एवम् प्रदेश सभा सदस्य माननीय वीर बहादुर थापाले पार्टी पंत्तीलाई बैचारिक र सैद्धान्तिक रुपमा सक्षम बनाउन अभियान सार्थक हुने र सबै नेता तथा कार्यकर्ताको सक्रियतामा अभियान सफल हुने बताउनुभएकाे छ ।

यसैगरी नेकपा एमाले नेता आर पि सार्कीले, कार्यकर्ताहरुलाई बैचारिक र सांगठानिकरुपमा सक्षम बनाउनुका साथै ग्रासरुटमा संगठन निर्माणमा सहयोग पुग्नुका साथै अराजकताबादलाई जरैदेखि उन्मुलन गर्न र बैचारिक ढङगबाट कार्यकर्ता सुसुचित गराउँन यो अभियान ल्याइएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?