सामुदायिक विद्यालयलाई आवासीय विद्यालयको रुपमा सञ्चालन गरिँदै


बाजुरा ,भदौ १८ गते । जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिकाका –९ डप्कको सिद्धेश्वर आधारभूत विद्यालय आवासीय विद्यालयको रुपमा सञ्चालन् गरिएको छ ।बूढीनन्दा नगरपालिका वडा नं ७ ,८, ९ र १० का अधिकाशं स्थानीयको जीविकोपार्जनको मुख्य पेशा भेडाबाख्रा पालन रहेकोले भेडाबाख्रा घरपरिवार सहित हिउँद औल झर्ने र वर्खा पुन घर फर्किने पहिले देखि अहिले सम्म चलन चल्तीकै रुपमा रहेको छ ।

सिद्धेश्वरी आधारभूत विद्यालयका प्राध्यानापक तुलाबहाुदर रावतले, यहाँका स्थानीय भेडाबाख्रा पालनको सिलसिलामा बालबालिकाहरुलाई घरमा नराखेर आफै सम्म लिने गरेपछि हिउँदको समय विद्यालयमा कुनै पनि बालबालिकाहरु नआउने गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, हिउँदको महिना घरमा संरक्षणको अभावमा हिउँदको महिना विद्यालयमा उपस्थित नहुने ती बालबालिकाहरुलाई नियमित गर्ने उद्देश्यले यो वर्ष देखि विद्यालयलाई आवसीय विद्यालयको रुपमा सञ्चालन ल्याएको हो ।

विद्यालयलाई आवासीय विद्यालयको रुपमा सञ्चालन गरेपछि यो वर्षबाट यहाँका बालबालिकाहरुको हिउँदमा पनि विद्यालयमा नियमित उपस्थित् हुन सक्ने र उनीहरुको पढाइमा कुनै अवरुद्ध नहुने प्राध्यानाध्यापक रावतले बताउनुभयो ।बूढीनन्दा नगरपालिका –७ स्थानीय टेक बहादुर थापा (भोटे) ले, यहाँका पहिले देखि अहिलेको नयाँ पुस्ताले गाउँमा भेडाबाख्रा पालन गरेर मात्रै आफ्नो जिविकोपार्जन गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, हिउँदको महिना हिमाली क्षेत्रमा बाक्लो हिम्पात हुने हुँदा त्यति बेला यता बेडाबाख्रालाई चरन टिपन गर्न समस्या हुने गरेकोले हिउँद औल तिर झर्ने र गर्मीयाम फेरि गाउँ आउने गर्छौ ।यसरी व्यवसाय गर्ने क्रममा घरमा छोरा छोरीलाई संरक्षण गर्ने कोही नभएकोले उनीहरुलाई पनि आफै सँग लिन बाध्य भएको हुँदा विद्यालयमा छट्ने गरेको हो ।हामी जस्तै भेडाबाख्रा पालन गर्नेको बालबालिकाहरुको पढाइमा सहज हुने गरी यो वर्ष विद्यालयले विद्यालयमै खान बस्न सुत्नको समेत व्यवस्था मिलाएको छ, अब देखि बालबालिकाहरुलाई विद्यालयमै बसाल्ने र आफु औलतिर झर्ने थापा भोटेले बताउनुभयो ।

सिद्धेश्वरी आधारभूत विद्यालय कक्षा –४ मा अध्ययरत छात्र ग्याल्बो थापा भोटेले भन्नुभयो, हिउँदको महिला सबै घरपरिवार औल झर्ने गरेकोले घरमा हामीलाई स्याहार सुसार गर्ने कोही नभएपछि बुवा आमा सँगै औल झर्ने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, यसरी बुवा आमा सँग हिउँमा औल र गर्मीमा गाउँ आउने गरेकोले पढाइ बिग्रिदै आएको छ । यती बेला विद्यालयमै हाम्रो सबै व्यवस्था हुने भएपछि पढाइमा सुधार आउनेमा आश गरेको छ ।

जिल्लाको पूर्वि क्षेत्रका अधिकाशं विद्यालयमा हिउँदको महिना विद्यार्थीहरु उपस्थिति हुँदैनन् । हिमाली क्षेत्रका मानिसहरुको मुख्य पेशा भेडापालन हो भएकोले उनीहरु हिउँदको महिना भेडाबाख्रा पालन गर्नकै लागि तल्लो क्षेत्रको त्रिवेणी , गौमुल, बूढीगङ्गा , खप्तड छेडेदह र छिमेकी जिल्ला अछामको विभिन्न ठाउँमा बसोबास गर्ने गर्दछन् ।
एक देखि पाँच कक्षा सम्म पढाइ हुने सिद्धेश्वरी आधारभूत विद्यालयमा झण्डै ६५ केटी २७ केटा गरी ११२ जना अध्यनन गर्दछन् । यी मध्येका झण्डै ५३ जना विद्यार्थीहरु हिउँदमा विद्यालयमा उपस्थित नहुने गरेको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिकिा अध्यक्ष प्रेमसिहं गरुङ्गले,भेडाबाख्रा पालन गर्नका लागि छोरा छोरी पनि आमा बुवा सँगै जाने भएकोले हिउँमा विद्यालय खाली हुने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, यसरी बुवा आमा सँगै हिउँदको महिना औल जाने बालबालिकाहरुलाई यो वर्ष देखि विद्यालयले उनीहरुको खान बस्न र सुत्नको व्यवस्था विद्यालयमै हुन्छ ।
बूढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले, कामको सिलसिलामा अभिावकहरु जहाँ गएपनि उनीहरुको बालबालिकाहरुको पढाइ वञ्चित् नहुने गरी सिद्धेश्वरी आधारभूत विद्यालयलाई आवसीय विद्यालयको रुपमा सञ्चालन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, गरिबीका कारण यहाँका अधिकाशं अभिभावक विभिन्न ठाउँमा व्यवसाय गरी जीविकोपार्जन गर्ने भएकोले घरमा उनीहरुको बालबालिको खेरदेख नहुने कोही नहुँदा ती बालबालिकाको सधै विद्यालयमा सहभागिता हुने गरी विद्यालयलाई आवसीय विद्यालयको रुपमा सञ्चालन गरेको प्रमुख बोहराले बताउनुभयो ।


क्याप्सन ः आवासीय विद्यालयको रुपमा सञ्चालन भएको बूढीनन्दा नगरपालिका –९ डप्केमा रहेको सिद्धेश्वरी आरधाभूत विद्यालय । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?