सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

सुदूरपश्चिममा आज गौरा धूमधामका साथ मनाइँदैछ। भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ। काठमाडौं सहित मुख्य शहरमा बसोबास गर्ने सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसहरुले पनि अाआफ्नो बसोबास रहेका ठाउँमा नै गाैरा पर्व मनाउने गर्छन्।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा राखेर देवीको आकार बनाउने गरिन्छ। यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा गायक नन्दकृष्ण जोशीले बताउनुभयाे।

दुई \तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ। देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ।

यहि परम्पारका साथ अाज सुदूरपश्चिमका विभिन्न ठाउँमा हर्ष उल्लासका साथ गाैरा पर्व मनाएकाे जाेशीले बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?