मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १६ औँ राष्ट्रिय दिवस भव्य रुपमा सम्पन्न

शेरबहादुर सार्की
सुदूरपश्चिम,भदौ २० गते । शान्ति पुनस्र्थापना गृह सम्पर्क कार्यालय ब्रहमदेवले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १६ औँ राष्ट्रिय दिवस कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गरेको छ ।
“तिनै तहको सरकार, मानव बेचबिखन विरुद्धको सरोकार भन्ने” मुल नाराका साथ ब्रहमदेव चोकमा दिप प्रज्वलन गरी विभिन्न कार्यक्रमका साथ सो दिवस सम्पन्न गरिएको हो ।


शान्ति पुनस्र्थापना गृह सम्पर्क कार्यालय ब्रहमदेवका परामर्शदाता ललिता जोशीले, ब्रहमदेव नाकामा रहेका विभिन्न गाउँबस्ती तथा बजारमा गएर मानव बेचविखन विरुद्धका विभिन्न जिङ्गल बजाइ, पम्पलेटहरु बाँड्दै कार्यक्रम भव्य सव्य रुपमा सम्पन्न गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, भिमदत्त नगरपालिका वडा नं ९ मटैना जमुनाडी, बाँधी बस्ती स्थित महिला समुहमा सहभागि हुँदै मानव बेचबिखन विरुद्ध अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत गरेको बताउनुभयो ।


तीनै तहको सहभागिता रहने गरी आयोजना गरेको सो कार्यक्रममा इलाका प्रहरी कार्यालय गड्डा ब्रहमदेवका प्रहरी बरिष्ठ नायव निरीक्षक र प्रतिनिधि ज्यु , सशस्त्र प्रहरी बल नेपाल विओपी ब्रहमदेवका सशस्त्र प्रहरी निरीक्षक र प्रतिनिधि ज्यु, भिमदत्त नगरपालिका वडा नं ९ ब्रहमदेवका वडा अध्यक्ष ज्यु , समाजसेवी, स्थानीय बुद्धिजीवीहरु,स्थानियबासी सुरक्षाकर्मी सहभागिता रहेको जोशीले बताउनुभयो ।


त्यसै भिमदत्त नगरपालिका वडा नं ९ मटैना (जमुनाडी, बाँधी बस्ती) स्थित महिला समुहका महिला प्रतिनिधि र कायार्लयका कर्मचारीहरुको समेत दिवस कार्यक्रममा सहभागिता रहेको परामर्शदाता जोशीले बताउनुभयो ।

समाज रुपान्त्ररणको क्षेत्रमा शान्ति पुनरस्र्थापना गृहले प्रभावकारीले काम गर्दै आएकोले भिमदत्त नगरपालिकाले जनाएको छ ।भिमदत्त नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गगनसिंह कार्कीले ,यो भन्दा पहिला पनि शान्ति पुरनस्र्थापना गृह कञ्चनपुरले जातीय छुवाछुत तथा विभेद , लैगिय विभेद , छाउप्रथा, विरुद्ध विभिन्न अभियान गर्दै आएको थियो । जसका कारण समाजमा भएका हुने गरेका अपराधहरु न्यूनिकरण हुँदै गएको बताउनुभयो ।

समाज रुपान्त्ररणका लागि सम्वाहकको रुपमा रहेको शान्ति पुनरस्र्थापना गृह कञ्चनपुरले समाजमा भएको विकृति तथा विसङ्गीलाई हटाउँदै समृद्ध समाज निर्माणको काममा निकै ठुलो सहयोग गर्दै आएको छ ।त्यति मात्र कहाँ हो सुपका बाजुरा, बझाग , अछाम, डडेलधुरा, बैतडी दार्जुला ,डोटी,कैलाली र कञ्चनपुर लगायतका जिल्लाबाट दलालको हातमा परेर दुख कष्टमा परेका हजारौ महिला तथा बालबालिकाको समेत उद्धार गरेको छ ।

जेठ बैशाखको टनटलापुर गर्मीमा पसिनाले भिज्दै र वर्खाको दर्के झरीमा रुज्दै दिनरात मानव उद्धारको रुपमा लागि परेका गृहका कर्मचारीको सक्रीयताले नै दलालको पञ्जामा परेका ती हजारौ बालबालिका तथा महिलाहरुको सहजै उद्धार भएको स्थानीय बताउँछन् ।शान्ति पुनरस्र्थापना गृह शाखा कञ्चनपुरका कार्यक्रम संयोजक सञ्जित सिहले, मानव बेचविखन विरुद्धको अभियानमा शान्ति पुनरस्थार्पना गृह निरन्तर लागि परेको बताउनुभयो ।


क्याप्सनः मानव बेचविखन तथा ओसारपसार विरुद्धको १६औ राष्ट्रिय दिवस कार्यक्रमका सहभागि । तस्बिर ः सुदूरपाटी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?