बाजुरामा भाइरल ज्वरोका बिरामी बढ्दै,

बाजुरा ,भदौ २१ गते । बाजुराका विभिन्न गाउँमा यती बेला भाइरल ज्वरोका बिरामीहरु बढ्दै गएका छन् ।पछिल्लो समयमा मौसम परिवर्तन सँग बाजुराका विभिन्न ठाउँमा भाइरल ज्वरोका बिरामीहरु दिनानु दिन बढ्न थालेका हुन् ।

जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिका वडा नं –२ का वडा अध्यक्ष धनबीर सार्कीले, जनगाथ गाउँपालिका २ कोटका २० परिवारका झण्डै १५० जनामा भाइरल ज्वरोका बिरामी रहेएको बताउनुभयो ।उहाँले भन्नुभयो, भदौको पहिलो साता देखि सुरु भएको भाइरल जरोका कारण जगनाथ गाउँपालिका –२ का मुक्तीकोट, कोटका १५० जना एक महिना देखि थला परेको बताउनुभयो ।

अध्यक्ष सार्कीका अनुसार, बिरामीहरुमा हात खुट्टा दुख्ने, ज्वरो आउने खानमन नलाग्ने , खोकी लाग्ने लगायतका चिन्ह् लक्षण देखा परेको बताउनुभयो ।जगनाथ गाउँपालिका – २ आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी राजेश सार्कीले ,काँडाकोटका २० घरपरिवारका स्थानीय माथी काँडा कोटमा भैसी गोठमा बस्दै गएको र उनीहरु त्यही बिरामी भएको कुरा गाउँमा सुनेपछि अहिले बिरामी भएकै ठाउँमा पुगेर उनीहरुको प्राथमिक उपचार भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, बिरामी भएकाहरुलाई खोकी लाग्ने ज्वरो आउने, हात खुट्टा दुःखने लगायतका चिन्ह लक्षण देखा परेको छ सोही अनुसार अहिले उनीहरुलाई डिकोल्ड, सिटामोल, लगायतको औषधी दिएर उपचार गरिहरेको बताउनुभयो ।

बिरामी भएकोहरुको चिन्ह् लक्षण अनुसार औषधी दिइएको छ, सो औषधीले ठिक नभएर उनीहरुलाई कोल्टी प्राथमिक स्वास्थ्य तथा जिल्ला अस्पताल बाजुरामा जान सल्लाह दिएको स्वास्थ्य कर्मी सार्कीले बताउनुभयो ।जगनाथ गाउँपालिका –२ का कोटकी बुँङ्गची विकले , भदौको एक गते देखि आफुलाई ज्वरो आएको र अहिले ठिक नभएको बताउनुभयो ।उहाँले भन्नुभयो, वर्खाको समय गाइ भैसी पाल्न खेतीपाति लगाउने गरी लेखामा गएको भोली पल्ट जरो आउन सुरु गरेको त्यो अहिले सम्म ठिक नभएको बताउनुभयो ।

बिकले भन्नुभयो, बिरामी भएको एक महिना भयो, औषधीका खानका लागि स्वास्थ्य सस्थामा जाँउ भने एक दिन पुरै हिडेर जानु पर्छ, ज्वरो भागेको छैन हिड्न नसकेर कतै बाटोमा ढल्छु की भन्ने डरले स्वास्य सस्थामा गएको थिइन , आज वडा अध्यक्षले स्थास्थ्यकर्मीको टोली बिरामीको बस्तीमै पुगेर औषधी दिएपछि सन्चो हुने आश गरेकी छु ।

जरो आएपनि केही दिन सन्चो भइहाल्छ, भनेर गाउँमा कोहीलाई भनेको थिएन , एक महिना सम्म पनि ज्वरो निको नभएपछि बल्ल खबर गरेकी हुँ त्यसपछि अहिले स्वास्थ्य कर्मीको टोली बिरामी भएको ठाउँमै आएर औषधी दिएको विकले बताउनुभयो ।जगनाथमा मात्र होइन यस्तो विरामी अहिले जिल्लाका विभिन्न ठाउँमा पनि रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
पछिल्लो समयमा खाना पीनमा लापरबाही गर्नु तथा अधिकाशंले वर्खाको मुलको धमिलो पानी सेवन गर्नाले पनि गाउँमाा भाइरल ज्वरो लगायका विभिन्न्न बिरामीहरु बढ्न थालेका छन् ।
जिल्लाका बूढीगङ्गा , त्रिवेणी,गौमुल, खप्तड छेडेदह लगायतका अधिकाशं ठाउँमा पनि भाइरल जरोका बिरामीहरु भेटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी नृपराज गिरीले, गत वर्ष पनि बाजुरामा झण्डै पाँच सय भन्दाबढी भाइरल ज्वोरोबाट प्रभावित भएका हुन । भने यो वर्षमा पनि मौसम परिवर्तन सँगै फेरि जिल्लाका अधिकाशं ठाउँमा भाइरल ज्वरोका बिरामी बढ्दै गएको बताउनुभयो ।


सुचना अधिकारी गिरीले, भन्नुभयो, गत असार, साउँन महिनामा जिल्लाको त्रिवेणी, बूढीङगाका अधिकाशं विद्यालयमा अध्ययनरत बालबालिकाहरुमा भाइरल ज्वोरो देखा परेको थियो । अहिले त्यो ज्वरो जिल्लाको पूर्विउत्तर क्षेत्रका बालबालिका सँगै वयोवृद्ध युवा युवती सबैमा भारइल फैलिदै गएको बताउनुभयो ।


गिरीका अनुसार, अहिले भाइरल ज्वरो फैलिएको ठाउँमा औषधीको व्यवस्थापन गर्दै त्यस तर्फ स्वास्थ्यकर्मीहरु परिचालन गर्दै आएको बताउनुभयो ।भाइर ज्वरोका अधिकाशं बिरामीहरु स्वास्थ्य सस्थामा नै ठिक हुने गरेको भएपनि कतीपय बिरामी भने जिल्ला अस्पतालका आइरहेको छन् । उनीहरुको स्वास्थ्य परिक्षण गर्दै औषधी उपचार भइरहेको सुचना अधिकारी गिरीले बताउनुभयो ।

क्याप्सन :जगनाथ गाउँपालिका २ का वडा अध्यक्ष र स्वास्थ्यकर्मीकाे टाेली उपचार गर्न बिरामी भएकाे बस्तीमा अाउने भनेपछि अाैषधी गर्न जम्म भएका जगनाथ -२ मुक्तीकाेटमा भाइरल ज्वराेका बिरामीहरु । 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?