गन्धर्व परिवारलाई घरबासकै समस्या


शेरबहादुर सार्की
बाजुरा, भदाै, २१ गते । बाजुराका गन्धर्व परिवारलाई पुस्तौँ देखि अहिले सम्म घरबास कै समस्या भएको छ ।सुदूरपश्चिम प्रदेशको बाजुराका कोल्टी, रजाली, भौनेरा, कुल्देवमाण्डौ, बाह्रविस लगायतका ठाउँमा झण्डै ४३१ गन्धर्व घरपरिवारको घरबास नुहँदा उनीहरु पुस्तौँ देखि अहिले सम्म त्रिपालमुनीकै बसोबास गर्दै आएका छन् ।माटोबाट सुल्पा, हुक्का बनाउँदै गाउँमा दिएर अन्न उठाउँदै आएका गन्धर्व परिवारको पुस्तौँ देखि अहिले सम्म आफ्नो नाममा एक आना पनि जमिन नभएपछि घर लगाउँन नसकेको गन्धर्व परिवार बताउँछन् ।

गन्धर्व परिवार सँग जमिन नहुँदा उनीहरु हिउँदको चिसो र वर्खाको झरिमा त्रिपालमूनीको बास बस्न बाध्य छन् ।घुमन्ते जीवन शैली अगाल्दै आएका बाजुराका गन्धर्व परिवारहरुले स्थायीय सरकार सँग घरबासको माग गर्दै आएपनि उनीहरुको मागलाई कुनै सरकारले सुनुवाइ नगरेको गन्धर्व परिवारको भनाइ छ ।पञ्चायत देखि अहिलेको स्थानीय सरकार सँग घरबासकै माग राख्दै आएपनि हाम्रो कुरा कुनै सरकारले सुनुवाई नगरेको बूढीङगा नगरपालिका –७ मा अस्थायी रुपमा बसोवास गर्दै आएका चन्द्रवादीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ पहिला गाउँमा कसैको गाई गोठमा बास बस्न पाउथ्याँै अहिले कोही पनि बस्न दिदैनन् त्यसैले हिउँदको चिसो र वर्खाको झरिमा पनि यसरी नै त्रिपालमुनीको बास बस्दै आएका छौ ।यो समस्या भनेको अहिलेको होइन हाम्रो पुर्खाको पाला देखिको नै हो तर पनि कुनै सरकारबाट आँखा भएन हाम्रो पीडामा बडिमालिका नगरपालिका जुगाडाका सपनावादीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पञ्चायत देखि अहिले सम्म घरबासकै समस्या छ , यसका लागि कतै जमिनको व्यवस्था गरिदिनुहोस भन्दै हामीले कयौ नेता तथा जनप्रतिनिधिहरु सँग हारगुहार ग¥यौ तर पनि सुनुवाइ नै गरेनन् ।,,जनप्रतिनिधि घरमा आएर यती बेला तपाइको कुनै ठाउँमा व्यवस्था गर्छौ भनेर जान्छन् आज हुन्छ, भोली हुन्छ ,भन्ने हामीलाई पनि आश लाग्छ तर त्यो आशमै हाम्रो पनि जीवन जानेभयो सपनावादीले भन्नुभयो ।

धेरै पटक त्यही घरबासकै व्यवस्थाका लागि माग राख्दै आयौ तर पनि त्यो माग पुरा हुन सकेन वादीपरिवारको दुखेसो छ ।त्रिपालको बास परिर्वतन गर्न नसकेका बाजुराका गन्धर्व परिवारको सामाजिक शैक्षिक तथा राजनीतिक क्षेत्रमा पनि कुनै परिर्वतन भएको छैन् ।पेट पाल्नका लागि गाउँ गाउँमा गएर बाजा बजाउने नाच गान गर्ने जस्ता क्रियाकलाप गरेर जीविकोपार्जन गर्दै आएका गन्धर्व परिवार एक ठाउँमा निश्चित् बसोबास गर्न नसकेका कारण उनीहरुका बालबालिकाहरु समेत शिक्षा क्षेत्रमा वञ्चित हुँदै आएका छन् ।परम्परा देखि जिल्लाका अधिकाशं ठाउँमा बस्दै आएका गन्धर्व परिवारको कुनै ठाउँमा नत घर नत उनको स्थायी बसोबास छ ।

आफ्नो नाममा जमिन नभएका कारण एक ठाउँमा निश्चित बसोबास नभएपछि उनीहरु घुमन्ते शैलीमै जीवन बिताउन बाध्य छन् ।स्थानीय सरकारले महिला, दलित, बालबालिकाको क्षेत्रमा केही परिवर्तन ल्याएपनि गन्धर्व परिवारका लागि भने कुनै परिवर्तन गर्न नसकेको बाजुराका बूढिगङ्गा ७ को भमक बजार स्थित खुल्ला सडकमा अस्थायी बसोबास गरिरहेका हजारी बादीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “ दिन गन्दै महिना आयो , महिना गन्दै वर्ष आयो, पञ्चायतपछि प्रजातन्त्र आयो, प्रजातन्त्रपछि ,लोकलन्त्र गणतन्त्र आयो, यो सँगै देशमा पनि ठुलो परिवर्तन भयो, तर पनि हाम्रो त्रिपालमुनीको बासलाई परिवर्तन गर्न भने कुनै सरकार आएनन् । ,,चुनाबका बेला तिम्रो नामावली यतै छ भनेर भोट खसाल्न लगाउँछन् विजयी भइसेकपछि तिम्रो घरबासका लागि जमिन यता छ भन्नै डराउँछन् हजारीवादीले भन्नुभयो ।

स्थानीय सरकार आएपछि घरबासको पनि व्यवस्था हुन्छ, भन्ने सोचेको थिए , स्थानीय सरकार चलाउने जनप्रतिनिधि आए गए तर हाम्रो समस्या भने जस्ताको त्यस्तै छ बडिमालिका नगरपालिमा १ जुगाडाका जोगगिरी वादीले बताउनुभयो ।स्थानीय सरकारले घरबासका लागि विभिन्न कार्यक्रम लागु गर्दै आएको छ । उता सहरी विकासले पनि गरिब ,दलित, एकल, तथा पिछडिएका वर्गहरुका लागि घरबास कार्यक्रम ल्याएको छ ।

घरबास छन् या छैन् भन्ने कुराको प्रमाणीत गर्ने जिम्मा पनि स्थानीय सरकारको छ तर पनि अहिले सम्म त्यो कार्यक्रमले गन्धर्व परिवारलाई भने छोएको छैन् ।त्यो कार्यक्रमको नीतिमा घर पाउँनेले लालपुर्जाको प्रतिलिपि देखाउनु पर्ने भएपछि गन्धर्व परिवार त्यसबाट वञ्चित भएको देखिन्छ ।अहिले सम्म बाजुराका ४३१ जना गन्धर्व परिवारको आफ्नो नाममा लालपुर्जा छैन् लालपुर्जा नभएको कारण नै वादी परिवारका लागि सहरी विकास कार्यक्रम अन्तर्गत घरबासको व्यवस्था हुन सकेको होइन ।

माटोको सुल्पा हुक्का बनाएर गाउँ गाउँमा गएर बिक्री गर्दथ्यौ, त्यो पेशा पनि अहिले लोप भयो, हामी सँग अन्य केही सिप छैन्, सपना वादी भन्नुहन्छ, “जिवन जीउन केही सिपमुलक तालिमको व्यवस्था भए हुन्थ्यो, त्यो पनि कतै बाट हुँदैन् ।,,स्वाथ्य क्षेत्रको परिवर्तनको सगैँ अधिकाशं बुढापाकाले सुर्ती, तमाखु खान छोड्दै गएपछि गन्धर्व परिवारले निर्माण गर्दै आएका सुल्पा पनि गाउँमा बिक्री हुन छोड्यो ।अहिले कोही सकैले ती सुल्ला हुक्का नराख्नेभएपछि बाजुराका गन्धर्व परिवारको पेशा निकै धरापमा छ ।आफुले पहिला देखि गर्दै आएको यो पेशा विस्तारै लोप हुँदै गएकोले कसरी परिवार पाल्ने भन्ने निकै चिन्ता परेको वादी बताउँछन् ।

जिल्लामा बस्दै आएका गन्धर्व परिवारका लागि अहिलेको स्थानीय सरकारले पनि केही व्यवस्था गरिदिए जीवनमा केही सुधार आउने आश रहेको हजारी वादीले बताउनुभयो ।घरको व्यवस्था गर्नु भन्दा पनि वादीपरिवारका लागि जमिन उपलब्ध गराउन नै समस्या भएको पालिकाले जनाएको छ ।वादी परिवारको आफ्ना नाममा जमिन नभएकोले उनीहरुको घर निर्माण गर्न समस्या देखिएको जिल्ला प्रशासन कार्यालय बाजुरा जनाएको छ ।

सामाजिक अवस्था
२०७८ सालको जनगणा अनुसार बाजुरामा गन्धर्व परिवारको सङ्ख्या १८७८ रहेको छ । १.६९ प्रतिशत छ ,जस्मा महिलाको सङ्ख्या ९८९ प्रतिशतमा १.४३ छ भने पुरुषको सङ्ख्या ८९८ प्रतिशतमा १.३५ रहेको छ ।बाजुराका गन्धर्व परिवारको सामाजिका अवस्था पनि निकै दयनीय छ । उनीहरुको एक ठाउँमा बसोबास नभएका कारण राम्रो समाजको पनि परिकल्पना गर्न सकिएको छैन् ।

दुइ महिना एक गाउँ दुइ महिना अर्को गाउँमा बसोबास गर्दै आएका गन्धर्व परिवारले आफ्नै समाजको पनि परिकल्पना गर्न नसकेका हुन् ।बाजुराका गन्धर्व परिवारको आफ्नै चलनचल्तीमा रहेका कारण पनि उनीहरुले अन्य समाजमा बस्न मान्दैनन् ।आज एक गाउँ भोली अर्को गाउँमा गएर माग्दै हिड्ने गन्धर्व परिवारको गाउँ ठाउँको भेष भूषा अँगाल्दै जानु पर्ने भएका कारण पनि उनीहरुले समृद्ध समाजको विकास गर्न नसकाका हुन् ।

शैक्षिक अवस्था
बाजुरामा झण्डै ४३१ घरपरिवार रहेका गन्धर्वको शैक्षिक क्षेत्रमा पनि निकै दयनीय छ ।बाजुराको कुनै एक ठाउँमा राम्रो घरवासको व्यवस्था नर्ग नसकेका गन्धर्व परिवारका बालकालिकाहरुको पठाइ छोडेर आमा बुवा सँगै गाउँ गाउँमा गएर पेट पाल्ने गरिरहेका छन् ।पहिला देखि अहिले सम्म मागेर नै जिविकोपार्जन गर्दै आएका गन्धर्व परिवारले एक ठाउँमा निश्चित बस्न नसक्ने भएका कारण उनीहरुका बालबालिकाहरुले उच्च शिक्षा पढ्न पाएका छैन् । 

झण्डै १ हजार ८७८ को सङ्ख्यामा रहेका गन्धर्व परिवारमा उच्च शिक्षा पढेको एक जना समेत छैन् ।साधारण लेखपढ बाहेक अन्य उच्च शिक्षा सम्म कुनै पनि बालबालिका पुगेक छैन् ।आज एक गाउँमा भोली अर्को गाउँमा जानु पर्ने बाध्य भएकोले बालबालिकाहरुले पनि एक विद्यालयमा पढ्न नपाउँदा उनीहरुको शिक्षा क्षेत्रमा परिवर्तन आएको छैन् ।

राजनितिक अवस्था

अहिले सम्म बाजुराका नौ वटै स्थानीय तहमा गन्धर्व परिवारको कुनै पनि राजनीतिक क्षेत्रमा पहुँच छैन् ।नौ वटा स्थानीय तहमा गन्धर्व परिवारको वडा सदस्य देखि अध्यक्ष सम्म कुनै पनि व्यक्ती समावेशी आधारमा परेका छन् ।बाजुराका राजनीतिक दलमा उनीहरु भोटमा समावेश भएपनि मुख्य जिम्मेवार पद भने पाएका छैनन ।गन्धर्व परिवारका लागि नत समावेशि कोटा उपलब्ध हुन्छ , नत उनीहरुलाई स्वतह रुपमा समावेश गरिन्छ ।आर्थिकरुपमा निकै दयनीय भएका कारण पनि उनीहरु राजनितिक कोटामा पहुँच गर्न नसकेको गन्धर्व परिवारको भनाइ छ ।

आर्थिक अवस्था

बाजुराका गन्धर्व परिवारको आर्थिक अवस्था हेर्ने हो भने उस्तै छ । जीवन भर सारङ्गी रेटेर गाउँ गाउँमा गएर ल्याएको अन्नबाट जीविकोपार्जन गर्दै आएका गन्धर्व परिवारको अहिले सम्म आर्थिक अवस्था निकै कम्जोर छ ।उनीहरु सँग सुल्पा हुक्का मादल जस्ता सामान बनाउने सीप भएपनि अहिले गाउँमा कुनै पनि मानिसले तमाखु नखाने भएपछि त्यो व्यवसाय निकै धरापमा परेको छ ।व्यवसाय धरापमा परेपछि उनीहरु अहिले कसरी पेटपालौ भन्ने चिन्तामा परेका छन् ।

अहिले सम्म बाजुराका गन्धर्व परिवारका महिला तथा पुरुषहरुले नत सिलाइ कटाइ गर्छन् नत अन्य कुनै सरकारी काम काज गर्छन् ।के्ही वर्ष अघि सुल्पा बनाउँदै बेचेर खाँदै गरेका गन्धर्व परिवार अहिले भने गाउँमा सडक, खानेपानी तथा अन्य घर निर्माणका काममा ज्याला मजदुरी गर्दै जीविकोपार्जन गर्दै आएका छन् ।अहिले सम्म उनीहरुको कुनै पनि मासिनले बाजुरामा व्यापार व्यवसाय गरेको देखिदैनन् ।

बुढापाखाहरुले सुल्पा बनाउँदै गाउँमा लिएर बच्दै पेट पाल्दै आएका भएपनि अहिलेको नयाँ पुस्तालाई भने त्यो व्यवसाय उच्चीत देखिदैन ।गाउँमा बुढापाखाहरुले पहिला तमाखु खान सुल्पा प्रयोग गर्दै आएपनि अहिलेका पुस्ताले त्यो नखाने भएपछि उनीहरुको त्यो व्यवसाय उच्चीत देखिएको होइन् ।


क्याप्सन ः घरवास नुहँदा त्रिपालमुनी बस्दै गरेका बाजुराका बादी परिवार । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?