चार हजार जवान भर्ती गर्दै नेपाली सेना

काठमाडौँ, भदौ २४ गते । नेपाली सेनाले चार हजार जना जवान भर्नाका लागि आवेदन खुल्ला गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशित गरी नेपाली सेनाको श्री सेना भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले उक्त पदका लागि आवेदन माग गरेको हो । 

माग गरिएका कोटामध्ये सैन्य परिवारका लागि २००, खुल्लामा दुई हजार ८८, महिलामा ३३०, आदिवासी जनजातिमा ५५०, मधेसी ४८०, दलित २५२ र पिछडिएको क्षेत्रबाट ८० जना  छ । २०७९ असोज ३० गते भित्र भर्नाका लागि आवेदन दर्ता गरिसक्नुपर्ने सेनाले जनाएको छ । 

भर्नाका लागि पुरुषको हकमा उचाइ ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा ३४ इन्च र तौल ५० किलोग्राम हुनुपर्नेछ । महिलाको हकमा भने उचाइ ५ फिट तौल ४० किलोग्राम हुनुपर्ने तोकेको छ । गाेरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?