बालविवाह गर्नेलाई कारबाही

क्याप्सन ः बालअधिकार समितिकाे सदस्य भुवनराज जैशी बालविवाह गर्ने सेराला र कुमाललाई बीस वर्ष नपुगुनजेल सम्म अलग अलग राख्ने गरी स्थानीय तह गुडनेर्वस साहस नेपाल बालकलव र स्थानीयकाे राेहवरमा लेखिएकाे कबुलियती नामा पत्र पढेर सुनाउँदै । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, वैशाख ६ गते । बाजुराको बूढीगङ्गा नगरपालिका –९ मा उमेर नपुग्दै विवाह गर्नेलाई कारबाही गरेको छ ।

स्थानीय तह तथा गैरसरकारी संस्थाहरुले सानै उमेरमा विवाह गर्दा केटा र केटीको मानसिक तथा शारीरिकरुपमा असर पर्ने जस्ता विभिन्न बिषयमा जनचेतना फैलाउँदै आएको भएपनि अँझै बालविवाह नरोकीएपछि यती बेला स्थानीय तहले कारबाही गरिएको हो ।

बूढीगङ्गामा नगरपालिका –९ स्थित सेरालवाडाका १७ वर्षीया उपनाम रविन्द्र सेरालाले र वडा नं ८ की रेखा कुमाल उपनामलाई स्थानीय तहले कारबाही गरेको छ ।सेरालाले १७ वर्षको कलिलो उमेरमा पढाइ छोडेर वडा नं ८ कुमालवाडाकी १६ वर्षीया रेखा कुमाल उपनाम सँग बालविवाह गरेपछि उनलाई स्थानीय तहले कारबाही गरेको हो ।

सेराला र कुमाललाई दुवैको उमेर २० वर्ष नपुगुनजेल सम्म विवाह गर्न नपाइने गरी अलग अलग राखेको बूढीगङ्गा नगरपालिका – ८ वडा अध्यक्ष रमेश रावलले बताउँनुभयो ।उहाँले, उमेर नपुग्दै विवाह गर्नु हुँदैन भन्ने विषयमा जानकारी दिदा दिदै उनीहरुले यसको उल्लङ्घन गरी विवाह गरेपछि अहिले उनीहरुलाई स्थानीय तहले कारबाही गरेकोबताउँनुभयाे ।

जब सम्म दुबै जनाको उमेर बीस वर्ष पुग्दैन तब उनीहरुले विवाह गर्न नपाउँने गरी वडा कार्यालय जनप्रतिनिधि बालकवल युवाकलवको र गुडनेर्वस साहस नेपाल र प्रहरीको रोहवरमा आ–आफ्नो घरमा बस्ने गरी छोडिएको अध्यक्ष रावलले बताउँनुभयो ।

बूढीगङ्गा नगरपालिका विभिन्न ठाउँमा उमेर नगुग्दै बालविवाह गर्ने धेरै भएपछि अहिले सरकारी गैरसरकारी जनप्रतिनिधि प्रहरी बाकलव र अभभिावकहरुको समन्वयमा बालविवाह गर्नेलाई कानुनी रुपमा कारबाही सुरु गरिएको छ ।

यस भन्दा पहिला बूढीगङ्गामा नगरपालिकाका विभिन्न वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको थियो । गुडनेर्वस इन्टरनेशनल नेपालका बाल प्रायोजन तथा बाल संरक्षण अधिकृत गाेविन्द कुमार चौधरीले, पीसविन बाजुराको प्राविधिक सहयोग तथा गुडनेर्वसको आर्थिक सहयोगमा बूढीगङ्गा नगरपालिका विभिन्न वडामा बाल समुह गठन गरिएको बताउँनुभयो ।उहाँले, बाल समुहले स्थानीय तहको समन्वयमा बालविवाह रोक्ने अभियान सुरु गर्न थालेपछि अहिले बालविवाहमा कमी आएको बताउँनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?