अवरुद्ध सडक सुचारु गर्न खटिए जनप्रतिनिधि

क्याप्सन ः जनप्रतिनिधि अाफै काममा खटिएपछि निर्माण भएकाे त्रिवेणी नगरपालिका वडा न ८ पन्ताली ढडालीकाे सडक । तस्बिर ः सुूदूरपाटी

शेरबहादुर सार्की
बाजुरा, असार ३१ गते । बाजुराको त्रिवेणी नगरपालिकामा सडक सुचारु गर्ने काममा जनप्रतिनिधिहरु खटिएका छन् ।

असारको पहिलो साता देखि लगातार परेको पानीका कारण सडक अवरुद्ध भएपछि यहाँका जनप्रतिनिधि स्काइभेटर लिएर सडक सुचारु गराउँने काममा आफै खटिएका हुन् ।

२०७५ साल देखि २०८० सम्म त्रिवेणी नगरपालिकाका नौ वटै वडा सडक सञ्जालले जोडिएका छन् । यो भन्दा पहिला गाउँमा सडक नजोडिदा यहाँका स्थानीयले दाल, चामल, नुन ,तेल जस्ता दैनिक उपभोग्य सामाग्री ल्याउन दुइ घण्टा पैदलमा बूढीगङ्गा नगरपालिकाको बार्जुगाड , बाम्का बेतालमाण्डौ लगायतका बजारमा जाने गरेका थिए ।

अहिले त्रिवेणीका सबै वडामा सडक सञ्जाल जोडिएपछि यहाँका स्थानीयले ती सबै सामाग्री घरमै पाउँन थालेका छन् । २०७५ देखि २०७७ सम्म केही वडामा मात्र गाडी पुगे पनि अहिले त्रिवेणीका सबै वडामा समेत जिप ट्याक्टर पुग्न थालेका छन् ।

असारमा परेको पानीका कारण त्रिवेणीको पीपलसेन ढँडाली पन्ताली हुँदै पैमा नाटेश्वरी सम्म जाने सडक अवरुद्ध बन्दै गएपछि ती सडक सुचारु गर्ने गरी सडकमा धमाधम ग्रयाबील हाल्ने काम भइरहेको त्रिवेणी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, पछिल्लो वर्षमा रकम भुक्तानी दिने गरी अहिले अवरुद्ध बनेका सडक खोल्न ठेकेदार कम्पनीलाई छ लाख रुपियाँमा जिम्मा दिएको बताउनुभयो ।यसका साथै सडक सरसफाइ गर्नका लागि यो वर्ष नगरपालिकाले पाँच लाख विनियोजन गरेको छ ।

यसका लागि ६ जना कर्मचारी समेत नियूक्ति समेत गरिएका छन् ।जसमा मौरे जिरो प्वाइन्ट देखि खिरपाटा सम्मका लागि २ जना नगरपालिका देखि उता सिम्ला सम्म ४ जना गरी ६ जना कर्मचारीलाई सडक सरसफाइ गर्न खाएका छन् ।उनीहरुले सामान्य भए आफैले मर्मत गर्नु पर्ने र बढी भत्किएको भए नगरपालिकालाई समन्वय गर्ने गरी नियूक्ती गरेका हुन । यसका लागि यो वर्ष पाँच लाख रुपिँया विनियोजन गरेको प्रशासकीय प्रमुख शाहले बताउनुभयो ।

त्रिवेणी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गगंनजङ्ग बुढाले, त्रिवेणीका स्थानीयलाई वर्खाको समयमा पनि गाडीको सुविधा दिने गरी सडक मर्मत गर्ने काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्रिवेणी नगरपालिका प्रत्येक वडामा हामीले सडक पुगाएका थियौ । ती सडक असारमा परेको पानीका कारण अवरुद्ध भएपछि यती बेला ग्रयाबील हाल्ने काम भइरहेको बताउनुभयो ।

जसरी हिउँदमा यहाँका स्थानीयले गाउँ बस्तीमै गाडीको सुविधा लिएका थिए । त्यसै गरी स्थानीयलाई वर्खाको समय पनि त्यो सुविधा दिने गरी नगरपालिका सबै जनप्रतिनिधि यती बेला अवरुद्ध सडक खुलाउँन लागि परेको अध्यक्ष बुढाले बताउनुभयो ।

हिउँदमा गाडी राम्रो सँग घरमै पुग्ने गरेका थिए । असारमा परेको पानीले बाटो बिग्रीएपछि गाडी आउन बन्द भएका थिए । अहिले जनप्रतिनिधिहरुले डोजर लिएर त्यो सडक मर्मत गराएपछि गाउँमै गाडी सुचारु हुन थालेको त्रिवेणी नगरपालिकाका वडा नं ८ का स्थानीय गोविन्द्र थापाले बताउनुभयो ।

उहाँले,“असारमा परेको पानीका कारण गाउँमा पुगेका सडक हिलाम्मे भएर आवत जावतमा समस्या भएको थियो । अहिले वडा अध्यक्ष सहित नगरप्रमुखले डोजर लगाएर सडक मर्मत गराउँन थालेपछि गाउँमा गाडी सुचारु भएको बताउनुभयो ।,,

त्रिवेणी नगरपालिकाकाले त्रिवेणीका नौ वटै वडाका पैँमा, बागाँपाटा पन्ताली, ढडाली, तोली, पुर्भुता , कैलाशमाण्डौ, छतारा लगायतका गाउँ बस्तीमा सडक सञ्जालको पहुँच गरेको छ ।यहाँका स्थानीयको सबै भन्दा पहिलो माग नै गाउँ बस्तीमा सडक पुगाउनु पर्ने भएकोले नगरपालिकाले पनी उनीहरुको त्यो माग पुरा गर्ने गरी त्रिवेणीका सबै वडा सडक सञ्जालले जोडिदिएको हो ।

बालबालिकाहरुलाई विद्यालयमा आउन जान सहज हुने गरी त्रिवेणी नगरपालिकाले तोली देवल मावि रत्न मावि , त्रिभुवनेश्वरी मावि नवदुर्गा आवि लगायतका विद्यालयहरुमा समेत सडक जोडि दिएको छ ।

स्थानीयका पहिलो माग भनेको शिक्षा, स्वास्थ्य, सडक खानेपानी, विद्युत भएकोले उनीहरुले गरेको त्यो माग मेरो अवधिमा सकेसम्म पुरा गर्ने गरी काम गर्दै आएको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले बताउनुभयो ।

उहाँले , “अहिले त्रिवेणी नगरपालिकाका नौ वटै वडा विद्युत खानेपानी स्वास्थ्य शिक्षा, तथा सडक सञ्जालको पहुँच रहेको बताउनुभयो ।,,असारमा सबै किसान आफै खेतवारीमा व्यस्त छन् । यता पानीका कारण सडक अवरुद्ध भए । अन्य केही विकल्प नभएपछि जनप्रतिनिधि सहित आफैले डोजर लिएर सडक मर्मत गर्नु परेकाे बताउनुभयाे ।

स्थानीयहरुले आफ्ना विकास निर्माणका काम गराउँन हामीलाई यो ठाउँमा पठाइ सकेपछि हामीले पनि उनीहरुको आशलाई नमार्ने गरी गाउँ बस्तीको विकासको काममा दिनरात खटिदै आएको नगर प्रमुख बताउनुभयो । स्थानीय , प्रदेश र सङघीय सरकारको झण्डै १२ करोडमा त्रिवेणी नगरपालिका सबै वडामा सडक सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?