गोदावरीमा बाजुराली सेवा समाज गठन

बाजुराली सेवा समाज गाेदावरीका सचिव जहरसिह थापा नवनियुक्त पदाधिकारीकाे नाम सार्वजनिक गर्नु हुँदै । तस्बिर ः सुदूरपाटी

बाजुरा , असोज १९ गते । कैलालीको गोदावरी नगरपालिकामा बाजुराली सेवा समाज गठन गरिएको छ ।

पुर्खेउली घर बाजुरा भई हाल कैलालीको गोदावरी नगरपालिका भित्रमा बसोवास गर्दै आएका बाजुरालीबासीले सो बाजुराली सेवा समाज गठन गरिएको हो ।

कैलाली गोदावरी –१ बसन्तपुरमा बसोबास गर्दै आएका जेष्ठ नागरिक लोकेन्द्र शाहको संयोजकत्वमा २१ सदस्यीय बाजुराली सेवा समाज गोदावरी गठन गरिएको छ।

जसमा सचिव जहरसिहं थापा , सहसचिव गोरख रावत, कोषाध्यक्ष राधिका जोशी, सदस्य ,उदे सार्की  अर्जुन रावत लगायतको २१ जना सदस्ययी समिति गठन गरिएको बाजुराली सेवा समाज गोदावरीले जनाएको छ ।

समितिले आगामी ६ महिना भित्र बाजुराली सेवा समाज गोदावरीलाई पुर्णता दिने गरी संस्थाको विधान लगायतका आवश्यक प्रक्रिया पुरा गर्ने बाजुराली सेवा समाज गोदावरीका सचिव जहरसिंह थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ गोदावरी नगरपालिका वडा नं १ देखि १२ भित्रमा बसोवास गर्दै आएका सम्पुर्ण बाजुराली दाजुभाईको आम भेलाबाट यो समिति गठन गरिएको हो ।,,

कुनै काम कार्य गर्दा पहिला समाजको आवश्यकता पर्ने भएकोले गोदावरी नगरपालिकामा बसोबास गर्दै आएका बाजुराली दाजुभाइको एकताका लागि यो बाजुराली सेवा समाज गोदावरी गठन गर्नु परेको थापाले बताउनुभयो ।

पुर्खेउली घर बाजुरा हाल गोदावरीमा बसोबास गर्दै आएका बाजुराबासीको एकता गर्ने गरी बाजुराली सेवा समाज गठन गरिएको गोदावरी नगरपालिका वडा नं –३ मालिका टोलमा बसोबास गर्दै आएका समाजसेवी उदे सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यो भन्दा पहिलामा पनि बाजुराको भुवापर्व कैलालीमा चिरपरिचित गर्ने गरी बाजुरा सेवा समाज गठन गरिएको तर त्यो समिति क्रियाशित नभएपछि अहिले यो समिति गठन गर्नु परेको बताउनुभयो ।

गोदावरी नगरपालिका विभिन्न ठाउँमा बसोबास गर्दै आएका बाजुरालीबासीको हक हितमा काम गर्ने उद्देश्यले यती बेला गोदावरी नगरपालिकामा बाजुराली सेवा समाज गोदावरी गठन गरेको सह–सचिव गोरख रावतले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?