बाजुरामा चेलीलाई चेल्त्यार दिन चटारो

क्याप्सन ः बाजुराका बुढीगङ्गा नगरपालिका –४ बाँनेगाउँका महिला चेलीलाई चेल्त्यार दिन जाँदै । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा, माघ ७ गते । माघ सुरु भएसँगै बाजुरामा महिलालाई चेलीको चेल्त्यार दिने चटारो परेको छ ।

यहाँ परम्परा कालदेखि माघ सुरु भएदेखि अन्तिम सम्म माईतीले पोईली घरमा रहेकी चेलीलाई चेल्तयार दिने प्रचलन छ ।

सेलपुरी बाबर पीडालु तरुल खिचडी खिर लगायतका खाने कुरा पकाएर चेलीलाई चेल्त्यार दिने गरेको बुढीगङ्गा नगरपालिका वडा नं –४ बाँनेगाउँका स्थानीय गोमती कटुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यहाँका स्थानीयले यो माघ महिनालाई विशेष धर्मी महिनाको रुपमा लिने गर्दछन् । ”

यो महिना भित्रमै चेलीलाई चेल्त्यार दिसक्नु पर्ने भएकोले यती बेला बाजुराका महिलालाई चेलीको चेल्त्यार दिने चटारो परेको कटुवालले बताउनुभयो ।

बाजुरामा माघको एक गते देखि अन्तिम सम्म पोईली घरमा रहेकी छोरी बहिनीलाई चेल्तयार दिन जाने प्रचलन पहिला देखि अहिले सम्म चल्दै आएको छ ।

वर्ष भरीको एक समय आउने माघीमा माईती घरबाट आफन्त चेल्त्यार दिन आउने गरेकोले यती बेला चेल्त्यारा कहिले आउँला भन्ने आश लाग्ने गरेको बुढीगङ्गा नगरपालिका –४ की पशुपति रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ दशै तिहार बिसु लगायतका पर्वमा आफु त्यार खान माइत जाने गरेको र यती बेला भने माइती पोइली घरमा नै चेल्त्यार दिन आउने गरेपछि आश लाग्ने गरेको हो ।”

माघमा महिना भरी एक न एक दिन सबैको घरमा चेल्त्यारा आउने गर्दछन् । अरु दिदिबहिनीहरुले घरमा चेल्त्यारा आएपछि उनीहरुले आफुलाई र आफ्नो चेल्त्यारा आएपछि आफुले पनि उनीहरुलाई माइतीले दिएको खाने कुरा बाँडेर खाने गरेको कुटुवालाले बताउनुभयो ।

बाजुराका हिमाली , स्वामिकार्तिक , जगनाथ , बुढीनन्दा , बडिमालिका बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेदह लगायतका अधिकाशं गाउँपालिका यो महिना चेलीलाई चेल्त्यार दिने प्रचलन छ ।

यहाँका बुढापाखाहरुले माघ महिना भरी माछा मासु केही खाँदैन । तीर्थ स्थलमा नुहाउँने र चेलीलाई दान दक्षिणा दिने गर्दछन् ।

अहिले बाजुराको गाउँ बस्तीमा चेल्त्यार दिनको निकै चटारो परेको छ । यहाँका महिलाले तरुल सेलपुरी बाबर लगायतको खाने कुराको जोहो गर्दै पोइली घरमा रहेकी चेलीलाई चेल्त्यार दिने कामलाई पहिलो प्राथमिकता दिदै आएका छन् ।

गाउँका सबैले पोइली घरमा रहेकी आफ्नी चेलीलाई चेल्त्यार दिने गरेकोले आफु पनि छोरीलाई चेल्त्यार दिन जान थालेको खप्तड छेडेदह गाउँपालिका – २ की पारु रोकायाले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?