तरकारीबाट मनग्गे आम्दानी

क्याप्सन ः बाजुराको बूढीगनन्दा नगरपालिका –३ सिराडीका रणबहादुर बोहराको तरकारी खेती । तस्बिर ः शेरबहादुर सार्की ÷ बाजुरा

शेरबहादुर सार्की
बाजुरा, वैशाख २९ गते । जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –३ सिराडीका रणबहादुर बोहराले गाउँमै तरकारी खेती गरेर मनग्गे आम्दानी गर्नु भएको छ ।

बुढीनन्दा नगरपालिका वडा नं –५ को बीरसैनमा एक हेक्टर जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेपछि उहाँले मनग्गे आम्दानी गर्नु भएको हो ।

जागिरका लागि धेरै ठाउँमा धाए तर मनले चाहे अनुसारको कतै नमिलेपछि अहिले गाउँकै एक जनाको जमिन भाडामा लगेर तरकारी खेती गर्न थालेपछि वार्षिक पाँच लाख बचत गर्दै आएको बुढीनन्दा नगरपालिका –३ सिराडीका रणबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ मैले काउँली , बन्दा , टमार , प्याज , फर्सी , खुर्सानी , लगायतका धेरै प्रकारको तरकारी लगाएको छु । बाटोको नजिक तरकारी खेती गरेकोले यो बिक्रीका लागि बजारमा जानु परेको छैन् । ग्राहकहरु आफै बारीमै आएर तरकारी लिने गरेका छन् ।”

अहिले मैले तरकारी खेती सुरु गरेको दुइ वर्ष भयो । तरकारी पनि राम्रो उत्पादन गरेको छु । सिचाईको समस्याका कारण मौषमी तथा व्यमौषसी तरकारी उत्पादन गर्न निकै समस्या भएको बोहराले बताउनुभयो ।

तरकारी खेतीबाट बोहराको परिवार अहिले खुसीका साथ चलेको छ । कुनै दिन छोरा छोरीलाई पढाउँन त के घर खर्च धान्न समेत धौ धौ परेको बोहरालाई अहिले तरकारी खेतीले उहाँको त्यो समस्या सबै हटेको छ ।

बोहराले गाउँमै एक जनाको एक हेक्टर जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेपछि उहाँले अहिले एक छोरा र दुइ छोरीलाई उच्च शिक्षा पठाउँनुका साथै वर्षको पाँच लाख बचत गर्दै आउनु भएको छ ।

तरकारी खेती सुरु गरेपछि कृषि ज्ञान केन्द्र बाजुराले झण्डै दुइ लाख सहयोग गरेको हो । त्यो भन्दा अहिले सम्म कतैबाट पनि केही सहयोग मिलेको छैन् । अहिले मलाई खेत जोल्ने मेसिन र बीउ लगाउँने मेसिनको आवश्यक्ता परेको छ ।

तरकारी खेती गर्दा सिचाईको समस्या छ । गाउँकै एक जनाको यत्रो जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेको छु । यसमा सिचाई छैन् । सिचाई नभएका कारण मैले सोचे जति तरकारी उत्पादन गर्न सकेको छैन् ।

कही कतैबाट मेरो यो समस्यालाई मध्यनजर गरी सिचाइको सुविधा गरिदिए यहाँका व्यरोजगार युवालाई म गाउँमै रोजगारी दिन सक्ने बोहराले बताउनुभयो ।

क्याप्सन ः बाजुराको बूढीगनन्दा नगरपालिका –३ सिराडीका रणबहादुर बोहराको तरकारी खेती । तस्बिर ः शेरबहादुर सार्की ÷ बाजुरा

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?