बझाङमा एमालेका भण्डारी विजयी
![](https://sudurpati.com/uploads/shares/2024/04/imageinfo/2024-04-29-09-25-26-daman1.jpg)
बझाङमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी ।
बझाङ, वैशाख १७ गते । बझाङमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । उहाँले २६६ मतले प्रतिस्पर्धीलाई पछि पार्दै विजयी हुनुभएको हो । भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभयो ।
यसैगरी माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गर्नुभएको छ । भण्डारी विजयी भएपछि एमालेका कार्यकर्ता तथा शुभेच्छुकले विजयी उत्सव मनाउन सुरु गरेका छन् । गाेरखापत्र