अन्तरक्रिया कार्यक्रम सम्पन्न

आन्तरिक रोजगार प्रवद्वनका लागि रोजगारदाता र स्थानीय स्तरका ट्रेड युनियनहरूसंग रोजगार विनिमय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागि । तस्बिर : सुरेश भुल

सुरेश भुल
कैलाली , असार १८ गते । आन्तरिक रोजगार प्रवद्वनका लागि रोजगारदाता र स्थानीय स्तरका ट्रेड युनियनहरूसंग रोजगार विनिमय सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धनगढी कैलालीको आयोजनामा आज अत्तरियामा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

देशको जनशक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो बनाई बेरोजगारी घटाउने र औधोगिक सुसम्बन्ध कायम गरी श्रमिकहरूको लागि सुरक्षित , मर्यादित र स्वस्थ कार्य वातावरणको सृजना समेतबाट श्रम सम्बन्धि ऐन ,नियम तथा नीति निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्ने सामाजिक विकास मन्त्रालय रोजगार संयोजक चम्पा जोशीले बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय रोजगार संयोजक चम्पा जोशी रोजगार साहायक रक्षा फुलारा कैलाली चेम्बर अफ कर्मस उपाध्यक्ष प्रमोद अधिकारी गोदावरी नगरपालिका रोजगार संयोजक रोहिद प्रसाद जोशी निर्माण व्यवसायी संघ प्रदेश कोषाअध्यक्ष खेमराज दाहाल, प्रदेश सचिव धर्मराज भट्ट नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश कोषाअध्यक्ष वीरबहादुर बिष्ट , सह कोषाअध्यक्ष ईन्दिरा जोशी लगायत सयौ भन्दाबढीको सहभागिता रहेको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?