गाउँमै चामल किन्न पाउँदा स्थानीय हर्षित

स्वामिकार्तिक खापर गाउँपालिका –२ का स्थानीय मुक्तीकोट खाद्य बिक्री केन्द्रबाट चामल लिदै । तस्बिर : भरत राेकाया / बाजुरा

शेरबहादुर सार्की
बाजुरा, जेठ ८ गते । जिल्लाको पुर्विउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिका –२ मुक्तीकोटका स्थानीय हर्षित् भएका छन् ।

गत सोमबार देखि नेपाल खाद्यान कम्पनी लिमिटेडले स्वामिकार्तिक खापर गाउँपालिका –२ को मुक्तिकोट खाद्य बिक्रि केन्द्रबाट चामल बिक्री वितरण गर्न सुरु गरेपछि यहाँका स्थानीयले लामो समयपछि गाउँमै चमल किन्न पाएको भन्दै हर्षित भएका हुन् ।

नेपाल खाद्य कम्पनी लिमिटेडले पाँच सय क्वीन्टल चामलको टेन्डर गरी आपुर्ति गरेपछि गत सोमबार देखि मुक्तीकोट बिक्री केन्द्रबाट चामल बिक्री वितरण सुरु गरिएको नेपाल खाद्यान कम्पनी लिमिटेडले जनाएको छ ।

जिल्लाको सबै भन्दाबढी विकट तथा भोकभरी हुँने यो गाउँका स्थानीयलाई सहज हुने गरी पछिल्लो समय नेपाल खाद्य कम्पनी लिमिटेड सँग सहकार्य गर्दै गाउँमै खाद्यान बिक्री केन्द्र स्थापना गरेर चामल वितरण गर्न सुरु गरेको स्वामिकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।

चामल किन्नका लागि एक दिन पैदल हिडेर पीलिचौर जानु पर्दथ्यो । बजारको चामल किन्दा चर्को मुल्य तिर्नु पर्दथ्र्यो । यती बेला गाउँमै सस्तो मुल्यमा चामल किन्न पाउँदा निकै हर्षित भएको स्वामिकार्तिक –२ मुक्तीकोटकी स्थानीय मनकली विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ दैनिक ज्याला मजदुरी गरी पैसा कमाई गरेपनि यो भन्दा पहिला गाउँमा चामल नपाउँदा निकै समस्या हुने गरेको थियो । ”

यती बेला स्थानीय सरकारको पहलमा गाउँमै खाद्यान बिक्री केन्द्र स्थापना गरी सस्तो मुल्यमा चामल किन्न पाएपछि त्यो समस्या हटेको विकले बताउनुभयो ।

मुक्तीकोट बाजुरा जिल्लाकै सबै भन्दा अति दुर्गम ठाउँको रुपमा चिरपरिचित छ । यहाँ झण्डै दुइ सय भन्दाबढी दलित घर परिवारले बसोबास गर्दै आएका छन् ।

२०७९ साल साउँन भदौमा अविरल वर्षातका कारण यो बस्तीको तलमाथी पहिरो गएको छ ।

यसरी बस्तीको तलमाथीबाट पहिरो जान थालेपछि अहिले यो बस्ती निकै जोखिममा परेको छ । यो बस्तीलाई स्थानान्तरण गर्न अति आवश्यक देखिन्छ ।

उसो त यो बस्तीलाई स्थानान्तरण गर्नका लागि केही समय पहिला जिल्लाको सरकारी टोली समेत यो ठाउँमा पुगेर प्रत्यक्ष अनुगमन गरेको हो । तर पनि अहिले सम्म बस्ती स्थानान्तरण हुन सकेको छैन् ।

खाद्यान अभावको भुमरीमा रहँदै आएको मुक्तीकोट बस्तीमा नेपाल खाद्य कम्पनी लिमिटेड सँग सहकार्य गरेपछि सोमबार देखि सो कम्पनीले मुक्तीकोट बिक्री केन्द्रबाट चामल वितरण गरेको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो , “ नेपाल खाद्य कम्पनीले टेण्डरबाट चामल ढुवानी गरेको छ । यो चामललाई प्रति किलो ६६ रूपैया बिक्री गरेको छ ।”

कोही कसैले यो मुल्य भन्दाबढीमा बिक्री वितरण गरिएको पाइएमा सो व्यक्ति वा बिक्रेतालाई आवश्यक कानुनी कारबाही गरिने अध्यक्ष रोकायाले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्