दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । नारायणहिटीदरबारमै राजा वीरेन्द्रको वंशनाश हुनेगरि हत्याकाण्ड अझै पनि रहस्यको गर्भमै छ ।

२०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरवार हत्याकाण्ड’लाई आम नेपालीले अझै भुल्न सकेका छैनन् ।

उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डबारे सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, तत्कालिन सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाइएको थियो । उक्त समितिले युवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि गोलि चलाएको र आफुले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्बजनिक गरेको थियो ।

अधिकांश नेपालीले यो प्रतिवेदनमाथि शंका गर्दै फेरि निष्पक्ष आयोग बनाएर घटनाबारे छानविन गर्नुपर्ने बताउँदै आएका छन् । नेपाली नेटर्वक

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्