पालिकाद्धारा विद्यालय अनुगमन

विद्यालय अनुगमन गर्दै पालिकाकाे टाेली । तस्बिर:सुरेश भुल / कैलाली

सुरेश भुल
कैलाली , असार १३ गते । कैलालीको गौरीगङ्गा नगरपालिकाले वडा नं ११ को कालिका आधारभुत विद्यालय अनुगमन गरेको छ ।

नगरपालिका र सप्रोस नेपालले यस विद्यालयको शैक्षिक क्षेत्रमा सुधार हुने गरी कम्प्युटर एलसिडि तथा बालबालिकाहरुलाई खाजा पकाउन सहज हुने एक चमेना गृह निर्माणका लागि रकम विनियोजन गरेको थियो ।

पालिकाले शिक्षाको क्षेत्रमा सुधार आउने गरि विद्यालयलाई हस्तान्त्ररण गरेका ती सामाग्री सहि रुपमा प्रयोगमा ल्याएको छ या छैन् भनेर आज बिहान अनुगमन गरिएको हो ।

विद्यालयको पढाइमा सहज तथा शिक्षामा गुणस्तर ल्याउने उद्देश्यले दिएको यो सामाग्री अनुगमन गर्दा विद्यालयले राम्रो सँग प्रयोगमा ल्याएको पालिकाले जनाएको छ ।

यस पालिका अन्य विद्यालय भन्दा यो विद्यालयले शिक्षा क्षेत्रमा राम्रो परिवर्तन गर्दै आएको गौरीगङ्गा नगरपालिका उपप्रमुख भोजबहादुर बमले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ विद्यालयले बालबालिकाहरुलाई खुवाउँने खाजामा फलफुल तथा अर्गानिक खाद्य बस्तु खुवाईने गरेको छ ।”

विद्यालयमा भौतिक पुर्वाधार शैक्षिक सामाग्री तथा विषयगत दक्ष अनुभवि शिक्षक भए बालबालिकालाई थप गुणस्तर शिक्षा प्रदान गर्न सकिने भएकोले सोही अनुसार पालिकाले काम गर्दै आएको बमले बताउनुभयो ।

पालिका र सप्रोसको सहयोगमा निर्माण भएको चमेना गृह तथा कम्प्यूटर एलसिडि समेत राम्रो सँग प्रयोगमा ल्याउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षमण बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालय सुधार गर्नका लागि एकै शिक्षक मात्र नभएर स्थानीय सरकार तथा अभिभावक विद्यार्थीहरुको पनि उत्तीकै आवश्यक हुने गएको सबैले सहयोग दिनु पर्ने हुन्छ ।”

आफुलाई यहाँका स्थानीयले विद्यालय व्यवस्थापनको पदमा काम गर्ने अवसर दिएकोले सोही अनुसार विद्यालयको चौतर्फी विकासमा दिनरात खटिरहेको बोगटीले बताउनुभयो ।

विद्याालय अनुगमनका लागि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडी वडा अध्यक्ष साहेबलाल चौधरी वडा सदस्य हिरेन्द्र कडायत समाजसेवि छत्र बम सालिभान खाती लगायतको समेत सहभागिता रहेको थियो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?