अध्यक्षमा ओली विजयी

नेकपा एमालेको बाजुरा जिल्ला कमिटी अध्यक्षमा विजयी हुनु भएकाे लालबहादुर ओली ।

शेरबहादुर सार्की
बाजुरा, जेठ ६ गते । नेकपा एमालेको बाजुरा जिल्ला कमिटी अध्यक्षमा लालबहादुर ओली विजयी हुनु भएको छ ।

पार्टी स्थायी कमिटि सदस्य कर्णबहादुर थापाले सर्मथन गरेका अध्यक्षका उम्मेदार भरतबहादुर थापालाई १५ मतले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

निर्वाचनमा कुल खसेका ४२५ मतमा ओलीले २१८ र थापाले २०३ मत प्राप्त गर्नु भएको थियो ।

ओलीलाई पार्टी केन्द्रिय सदस्य तथा अछाम इन्र्चाज लालबहादुर थापाको समर्थन थियो ।

त्यसै गरी पदाअधिकारीमा पनि ओलीकै प्यानल विजयी भएको छ । उपाअध्यक्षमा जनक कुमार बोहरा विजयी हुनु भएको छ । उहाँले २ सय ७४ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रत्यासी मेघराज शाहीले १ सय २० प्राप्त गरेर प्राजित हुनु भएको छ ।

त्यसै गरी सचिवमा काँशी विक विजयी हुनु भएको छ । उहाँले २ सय ४१ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका प्रत्यासी जनक विष्टले १ सय ७१ मत ल्याएर प्राजित हुनु भएको छ ।

त्यसै गरी उपसचिवमा हरिबहादुर रोकायाले २ सय ७७ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँ प्रत्यासी मान बहादुर रोकायाले १ सय १५ मत ल्याएर प्राजित हुनु भएको छ ।

त्यसै गरी उपसचिव महिलामा राजकला सार्कीले २ सय ७७ मत ल्याएर विजयी हुनु भएको छ । भने उहाँका प्रत्यासी कल्पना महतले १ सय २६ मत ल्याएर प्राजित हुनु भएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?