गौरीगङ्गाको बजेट ९५ करोड ४५ लाख ७९ हजार

कैलालीको गौरीगङ्गा नगरपालिकाकाे १६ अाै नगरसभा । तस्बिर : सुरेश भुल /कैलाली

सुरेश भुल
कैलाली , असार ११ गते । कैलालीको गौरीगङ्गा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ /८२ का लागि ९५ करोड ४५ लाख ७९ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।

गत सोमबार १६ औँ नगरसभा अधिवेशनमा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले आगामी आर्थिक वर्षको लागि अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो ।

बजेटमा शिक्षा ,स्वास्थ्य , कृषि लैङ्िगक समानता तथा सामाजिक समावेशीकरण , भौतिक पुर्वाधार निर्माण ,सुचना तथा सञ्चार प्रविधि , वन वातावरण तथा विपद व्यवस्थापन , युवा तथा खेलकुदलाई प्राथमिकता दिएको उपप्रमुख बमले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?