बसपार्क नहुँदा गाडी पार्किङ्गमा समस्या

क्याप्सन ः सकडको छेउमै पार्किङ्क गरेका साना तथा ठुला सवारी साधन । तस्बिर ः शेरबहादुर सार्की÷बाजुरा

शेरबहादुर सार्की
बाजुरा, जेठ १० गते । बाजुराको सदरमुकाम मार्तडीमा बसपार्क नहुँदा पार्किङ्गको समस्या हुँदै आएको छ ।

मार्तडीमा बसपार्क नहुँदा यहाँ पुग्ने गरेका छोटो तथा लामो दुरीका सवारी साधन जिप बस सडकको छेउछाउमै पार्किङ्ग हुने गरेका छन् ।

जिल्ला सदरमुकाम मार्तडीमा बस पुग्न थालेको झण्डै ११ वर्ष भए पनि अँझै बसपार्कको व्यवस्था नहुँदा गाडी सडकमै पार्किङ्ग गर्नु परेको गाडी साहु राम चन्द्र गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो , “ अहिले देशका विभिन्न सहर देखि लामो दुरीका बस दैनिक सदरमुकाम मार्तडीमा पुग्ने गरेका छन् ।”

मार्तडीमा बस आउँछन् । तर यहाँ बसपार्क छैन् । ती सवारी साधनलाई अन्य कतै राख्ने ठाउँ नभएपछि बाध्यताले सडकमै पार्किङ्ग गर्नु परेको गिरीले बताउनुभयो ।

काठमाण्डौ १ नेपालगञ्ज १ महेन्द्रनगर ४ धनगढी ३ अत्तरिया देखि १ गरी दैनिक दश वटा बस सदरमुकाम मार्तडीमा नै पुग्ने गरेका छन् ।

जिल्ला सदरमुकाम मार्तडीमा पुग्ने गरेका साना तथा ठुला सवारी साधन अहिले नेपाल टेलिकम, तुफान डाँडा र गैरी बजार सडकमा पार्किङ्ग हुने गरेका छन् ।

२०७० साल फागुन १४ गते देखि मार्तडीमा बस सेवा सुचारु भएपनि अहिले सम्म यहाँ बसपार्क नहुँदा बस सडकको छेउमै पार्किङ्ग हुने गरेका हुन् ।

मार्तडीमा सडक साँगुरा छन् । उसै माथी ठुलाठुला बस सडकमै राख्ने गरेकोले आउजाउ गर्न निकै समस्या हुने गरेको यहाँका स्थानीय बताउँछन् ।

काठमाण्डौ, नेपालगञ्ज धनगडी महेन्द्रनगर र अत्तरिया देखि बाजुरामा आउने सबै बस यती बेला सडकको छेउमै पार्किङ्क गर्दै आएको मातर्तडी गैरिबजार स्थित टिकट काउन्टर प्रमुख जिवन थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले बाजुरामा दैनिक १० वटा बस आउँछन । ती बस पार्किङ्गका लागि अन्य कतै ठाउँ छैन् । अनी बाध्यताले सडकको छेउँमै पार्किङ्ग गर्नु परेको छ ।”

यसरी गाडी सडकमै पार्किङ्क गर्दा एका तिर दुर्घटना बढ्दै गएको छ । भने अर्को यात्रुलाई समेत निकै सास्ती खेप्दै आउनु परेको थापाले बताउनुभयो ।

प्रहरीले गाडी सडकमा राख्नु हुँदैन भन्नुहुन्छ । तर यता बसपार्क छैन् । गाडी राख्न अन्य कतै ठाउँ नभएपछि बाध्यताले सडकको छेउछाउमै राख्नु परेको बस चालक धनबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो समस्या मार्तडीमा मात्र होइन । जिल्लाको अधिकाशं ठाउँमा समेत यस्तै छ । ”

बाजुराको मालिका , रिठा ,बेताल्माण्डौ ,बाम्का , फालासैन , ताँप्रीसेरा र बल्दे लगायतका ठाउँमा बस पार्क नभएकोले त्यहाँ झर्ने स्थानीयका लागि बस रोक्न निकै समस्या हुने गरेको चालक बोहराले बताउनुभयो ।

बाजुराका ती ठाउँमा समेत बस पार्किङ्गको व्यवस्था नहुँदा र गाडी सडकमै राख्ने गरेकोले स्थानीय दुर्घटनाको जोखिम मोहल्दै आउनु परेको बुढीगङ्गा नगरपालिका–२ बल्देका स्थानीय वीरबहादुर केसीले बताउनुभयो छ ।

साँफे–मार्तडी राजमार्ग अन्तर्गत बाजुराको इकटीगाड देखि मार्तडी सम्म सडक कालोपत्रे भएपनि बसपार्क भने अँझै बन्न सकेका छैन् ।
बडिमालिका नगरपालिका –८ को पाल्तमा बसपार्क बन्न लागेको झण्डै चार वर्ष भयो । तर पनि काम सम्पन्न भएको छैन् । यता स्थानीयलाई बसपार्क नहुँदा सामान बोकेर सडकमा पु¥याउनु पर्ने बाध्यता छ ।

सडकको दायाँ र बायाँ किनारमा बस, जिपहरू पार्किङग गरिएका हुन्छन् । भारी बोकेर मानिसलाई हिँड्नै अप्ठ्यारो भएको यात्रुले दुखेसो गर्दै आएका छन् ।

सडकमा पार्किङ्ग गर्दा दुर्घटनाको जोखिम बढ्ने हुनाले सडकमा गाडी पार्किङ्ग गर्न नहुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सहज,व्यवस्थित, हुने गरी बसपार्क निर्माण गर्ने योजना रहेको बडिमालिका नगरपालिका प्रमखु अम्मर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बसपार्कका लागि जमिन किन्ने योजना गरेका छौ । बसपार्क बनाउँन लायकको जमिन मिलेको छैन् ।”

लामो समय सम्म जमिन नमिल्दा बसपार्कको व्यवस्था हुन नसकेको नगरप्रमुख खड्काले बताउनुभयो ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?